दाङ, फागुण १६ । अवैध रुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ परेका छन् । लालमटिया ३ भालुवाङ बजारमा स्वर्गद्धारी डेण्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए।
भण्डारी प्यूठान जिल्लाको भिंग्री गाविस वडा नं. ७ निवासी हुन्। गिरी जाजरकोट जिल्लाको भेरी मालिका नगरपालिका वडा नं। १० का स्थायी बासिन्दा रहेको उनले बताए। अपराध नियन्त्रण तथा अवैध कारोबार नियन्त्रण अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विषेश अभियान टोलिले उनीहरुलाई आइतबार पक्राउ गरेको एसपी सिंहले बताए। भण्डारी र गिरीले प्याथोलोजी र टेण्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए।
स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा स्वीकृती नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधी समेत अवैध रुपमा बिक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताए। पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान सुरु भएको एसपी सिंहले बताए।