मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अहिले के गरीरहनुभएको छ ?
अहिले म राजनितीक रुपमै सक्रिय छु । सामाजिक सेवामा पनि छु । नेपालमा जो अहिले राजनितीक गतिविधिहरु भएका छन् । त्यसलाई नजिकबाट नियाल्ने प्रयास गरीरहेको छु । र त्यसलाई दाङमा यसलाई अब कसरी अगाडी बढाउनु पर्छ भनेर चिन्तन पनि गर्दै आएको छु ।

तपाईको राजनितीक यात्रा कहाँबाट सुरु भएको हो ?
म जन्मेर हुर्केको ईन्डियाको कोलकत्तामा हो । मेरो राजनितीक यात्रा पनि त्यहाबाटै सुरु भएको हो । ज्योती बोसु मुख्य मन्त्री हुने समयमा म कलेजमा पढ्थे । त्यति बेला नै म सक्रिय सदस्य थिए । कलेजबाट जि एस जितेको मानिस हुँ । त्यस पछि ईन्डियन एयर फोर्समा एयर क्राप्ट टेक्नो क्रेट थिएँ । मेरो काम भनेकै हेलिकोप्टर बनाउने विगार्ने नै थियो । म बायु सेनाको मानिस थिएँ । त्यस पछि म कारगिलको युद्ध पछिराजिनामा गरेर घरमा आए ।
त्यसपछि अमेरिका गएँ । जहा मैले सुरक्षा सम्बन्धी ६५ वटा देशको कक्षा लिन्थेँ । मैले अहिले सम्म १ सय ९ राष्टू घुम्ने अबसर प्राप्त गरेकोछु । यो संसारमा धेरै कुराहरु सिकेर मनेपाल आएको हुँ । त्यस पछि म राप्ती ग्यास उद्योगलाई जन्म दिने काम गरेँ । विभिन्न सामाजिक संजालमा छु । मेरो छोरी छैनन् । त्यसैले मैले विपन्न परिवारका तिन वटा छोरीहरु पढाईरहेको छु ।

तपाई नेपाल किन फर्किनु भएको हो ?
—नेपालमा केहि गर्नु पर्छ भन्ने सोच पहिले देखि नै थियो । अहिले नेकपा एमालेले राष्टिूयताको पक्षमा लिएका मुद्धाहरु मलाई मन परेको छ । त्यसमा पनि केपि ओलीले राष्टिूयताको पक्षमा लिनु भएको अडान अहिलेको सान्र्दभिक विषय हो । नेपालको बाहिर ठुलो ईज्जत छ । तर हामीले त्यसको महसुस गर्न सकेका छैनौँ । हामीले नेतृत्व राम्रो पाउन पनि सकेको छैनौ । जस्का कारण हाम्रो विचमा धेरै समस्या छन् । नेतृत्व राम्रो भएमा हामीले यो देशलाई निक्कै राम्रो बनाउन सक्छौँ । विश्वका धेरै गरीव मुलुकहरु अहिले आर्थिक सुधार गर्दै अगाडी आएका छन् भने नेपालको राम्रो सम्भाबना छ ।

नेपाल फर्किसके पछि के गर्नभयो राजनितीका लागि ?
—हामीले मान्दै आएका डा. बाबुराम भट्राई संग कुरा भयो । नयाँ शक्ति पार्टीमा रहेर काम गर्नु पर्छ भन्ने कुरा आयो । म नयाँ शक्ति पार्टीको केन्द्रिय सदस्य पनि भएँ । मलाई नयाँ शक्तिले जिल्लाको नेतृत्व लिनु पर्छ भनेका थिए तर मैले लिईन् । भट्टराई संगका केहि कुराहरु पछि आएर मलाई मन परेन । बाबुरामको भिजन स्पष्ट छैन भन्ने मलाई लाग्छ । सायद मैले नयाँ शक्तिको विचार र सिद्धान्तलाई मैले बुझ्न सकिन । उहाले टोपी दिवसको अबसरमा पनि टोपीको विरोध गर्नुभयो । कहिले निर्बाचनमा जा, कहिले नजा भन्ने कुराले मलाई पुरानै घरमा फर्किने अबसर दियो । त्यो पनि पाँच सय भन्दा बढि कार्यकर्ताहरु संग म फर्किएको छु ।
मैले नेपालको राष्टिूयता र सगरमाथाको ईज्जतको लागि अमेरिका छोडेर आएको हुँ । अहिले पनि धेरैलाई अमेरिका सपनाको देश हो । तर हामीले नै नेपाललाई बनाउन सकेनौँ भने भोलीका हाम्रा सन्तानहरुले हामीलाई धिक्कार्ने छन् । मैले अमेरिकामा २५ लाख रुपैया मासिक कमाउथे । तर तर एउटा जिउ त जस्ले पनि पाल्न सक्न तर देशलाई विश्वले चिन्नु पर्छ र मेरै पालामा देश समृद्ध भएको हेर्न चाहन्छु । त्यसको लागि मैले के गर्नु पर्छ त्यो भुमिकाको खोजी मैले गरीरहेको छु ।

तपाईको सोच, विचार, क्रियाशिलता र सिद्धान्तलाई अटाउन सक्ने त्यो भुमिका भनेको के हो ?
—यो एक्काईशौ शताब्दी हो । यो समय भनेको नयाँ सोच सहितको क्रियाशिलता हो । विकासका लागि युवा सहभागिता र सोचको लगानी हो । अहिले स्थानिय तहको निर्बाचनको चर्चा चुलिदै गएको छ । नेकपा एमाले भित्र धेरै नेताहरुले लामो समय देखि काम गर्दै आउनु भएको छ होला । तर अहिले लामो समय भन्दा पनि नयाँ सोच र नयाँ विचारको साथमा काम गर्नुपर्ने बेला आएको छ । म एक सय ९ देश घुमेको छु । ६५ देशको सुरक्षा हेरेको मानिस हुँ । मलाई थाहा छ कि कुन देश कुन शहर कुन बस्तिलाई कसरी समृद्ध बनाउनु पर्छ भन्ने । त्यस कारण घोराही उपमहानगरपालिकाको मेयरको रुपमा मैले जिम्मेवारी पाएँ भने त्यसपछिको काम मैले गरेर देखाउन सक्ने थिएँ । तर त्यसको लागि मेरै पार्टी नेकपा एमालेले मलाई सहयोग गर्नु पर्छ र गर्छ पनि ।

नेकपा एमालेबाट घोराही उपमहानगरपालिकामा मेयरको रुपमा आउन चाहने धेरै नेताहरु छन् । वीर क्षेत्री नै किन आउनु पर्ने ?
—वीर क्षेत्रीको भिजन सानो छैन । म संग लिंक छ । म संग टच छ । देश विदेश संगका निकायहरु संग नजिकको सम्बन्ध राखेको छु । म दावाका साथ भन्छु कि घोराही उपमहानगरपालिका भित्र मेरो जस्तो सोच, सिद्धान्त र कार्ययोजना सहित कुनै पनि राजनितीक पार्टीबाट आउने उम्मेदवार संग छैन । हामीले घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउने भनेको नेपालको लागि मात्र हैन । यहाँको उपत्यका, यहाको बस्ती विकास, शहरीकरण संग जोडिएको ग्रामीण भेगलाई कसरी विकास गर्नु पर्छ भन्ने सोच म संग छ । मैले देखेको छु । संसारमा  न्युन आर्थिक अबस्था भएका बस्तीहरु कसरी समृद्ध भएका छन् भन्ने कुराको सैद्धान्तीक, प्रयोगात्मक भिजनहरु म संग छन् । म दावि गर्छु । घोराही क्षेत्रमा मैले मेयरको जिम्मेवारी पाएँ भने केहि वर्षमै मैले घोराहीको अबस्थामा ब्यापक परिवर्तन ल्याउन सक्छु ।

घोराही उपमहानगरपालिका समृद्ध बन्नको लागि धेरै प्रकारका चुनौतीहरु रहेका छन् । यसको समृद्धिका लागि तपाई संग कस्ता योजनाहरु छन् ?
—सबै भन्दा पहिले म रोडको विकास गर्छु । अहिलेको रोडमा धेरै कुराको कमि छ । नाला राम्रो छैन । दिगो छैन । फिनिसिंग छैन । सुरु मात्र भएको छ । त्यस पछिको कुनै काम भएको छैन । तर म यहाको मेयर भैसके पछि नर्वेकोउदाहरण दिन्छु । जहाँ माटो छैन । तर त्यहा राम्रा राम्रो बाटो बन्छ । त्यो भन्दा यहा धेरै सहज छ । यहाकै युवापुस्तालाई लिएर काम गर्ने हो भने अन्र्तराष्टिय स्तरकै सडक अहिलेकै अबस्थामा निर्माण गर्ने दावि गर्छु ।
अर्को समस्या हामीले भोग्दै आएको स्वास्थ्य हो । संसारको सबै भन्दा ठुलो सम्पती भनेको स्वास्थ्य हो । घोराही राम्रो शहर भए पनि यहा प्रभावकारी स्वास्थ्य सुविधा छैन । म संगठन चलाएको मानिस हुँ । मैले एकै पटक हजारौँ डाक्टरहरुलाई चलाएको मानिस हुँ । र अर्को महत्वपुर्ण शिक्षा हो । मैले घोराही उपमहानगरपालिमा भित्र राम्रो विद्यालय होलान तर कम्तीमा १२ कक्षा सम्मको शिक्षालाई हामीले अहिलेकै अबस्थामा धेरै कुराहरु सुधार गर्न सक्छौँ । शिक्षा पछि विद्यार्थीहरुको योजनालाई कार्यान्वयन गर्नको लागि रोजगारी हो । शिक्षा भए मात्रै चेतना अभिबृद्धि हुन्छ र गरीवी पनि न्युनिकरण हुन्छ ।
त्यस्तै खानेपानीको अहिलेको अबस्था कमजोर छ । पानी भनेको दैनिक जीवन संग जोडिएको छ । घोराही उपमहानगरपालिकामा चौविसै घण्टा पानीको आपुर्तिका लागि मैले पहिलो प्राथमिकता साथ काम गर्ने छु । हामीले जे गछौँ त्यहा जनता प्रतिको उत्तरदायि हुनु आबस्यक छ । हरेक काममा पारदर्शीता र जवाफ देहिता छ । र मैले जे गर्छु युवाहरुको साथमा गर्छु । मैले पैसा खोज्ने भए अमेरिकामा बस्थेँ ?नेपालमा नम्बर एक शहरको रुपमा विकास गरेर देखाउने छु । म संग सोच र अनुभब छ । मेरो सोच अनुसार काम गर्ने हो भने यहाको भौगोलिक अबस्था नै परिवर्तन गरेर पानी ल्याउन सकिने मेरो अध्ययन छ ।

मेयरका लागि पार्टीले सहयोग गर्नु पर्ने पनि होला । पार्टी संगको सम्बन्ध कस्तो छ ? एमालेले तपाईलाई टिकट दिन्छ त ?
—नेकपा एमालका माधबकुमार नेपालको ईमान्दारिता र केपी ओलीको राष्टिूयताबादलाई संगसंगै मिलाएर मैले काम गरेको छु । पार्टी मेरो पक्षमा सकारात्मक छ । र मलाई विस्वास छ । एमालेको इमान्दार कार्यकर्ता हुँ । एमाले धेरै सम्भावित नेताहरु भएको राम्रो पार्टी हो । हामी एक एक गरेर छानिएर घोराही उपमहानगरपालिकाको मेयरको रुपमा आउछौँ । पार्टीले मलाई सहयोग गर्नेछ् । र मैले मेयरको रुपमा काम गर्नु भनेको त्यो नेकपा एमाले र यहाका आम जनताको लागि हो । त्यसको ईज्जत नेकपा एमालेको पक्षमा देखिने छ । अहिलेको अबस्था भनेको घोराही उपमहानगरपालिकाको समृद्धि र विकास नै हो । त्यसको लागि सोच भएको नेतालाई पार्टीले टिकट दिन्छ । र त्यो सोच भएको एक मात्र कार्यकर्ता म नै हुँ । मेरो जुन अनुभब छ । त्यो अनुभवलाई राष्टू र जनताले फाईदा लिनु पर्छ । म पहिलो मेयर हुनेछु जस्ले घोराहीलाई वर्डक्लास सिटि बनाउनेछु ।

पार्टीले टिकट दिएर मात्र पनि त हुँदैन । घोराही उपमहानगरपालिकाका आम जनताले तपाईलाई विस्वास गर्ने बाताबरण कसरी बनाईरहनु भएको छ ?
—म ईमान्दार मान्छे हो । मेरो चरित्रमा मलाई पुर्ण विस्वास छ । घोराहीका आम जनताले मलाई विस्वास गर्ने बाताबरण भनेको मेरो अनुभब हो । म पारदर्शिता, इमान्दारीता, कार्ययोजनाको कार्यान्वयन, विकास र समृद्धीका लागि क्रियाशिलता, पुरानो पुस्ताको योजना र युवा शक्तिको परिचालन गर्न चाहन्छु । त्यसको लागि मेरो पारिवारिक स्थितीलाई पनि मुल्यांकन गर्न सक्नु हुन्छ । जीवनमा मैले अहिले सम्म एक रुपैयाँ कसैको केहि खाएको छैन । म जुन स्थानमा पुगेँ त्यो मेरो शिक्षा, अनुभब र कामको आधारमा पुगेको मानिस हुँ । मैले बुझेको छु परिवार मात्र राम्रो भएर हुँदैन । समाज पनि राम्रो हुनुहुन्छ । समाज राम्रो भए मात्रै परिवार राम्रो भएको ठहर्छ । मैले अगाडी पनि भने म संग केहि अन्र्तरराष्टिूय सोच र योजनाहरु छन् । त्यो मैले यहा देखाउन चाहन्छु । त्यो अबसर मलाई घोराही उपमहानगरपालिकाबासीहरुले दिनुहुन्छ भन्ने पुर्ण विस्वस्त छु ।

अन्त्यमा केहि भन्नु छ ?
—म सुरक्षाकर्मी र पत्रकारहरु संग मिलेर अपराधमुक्त बनाउन चाहन्छु । मिडिया भन्दा ठुलो कुरा संसारमा केहि छैन । यसको क्षमता मलाई राम्रो संग थाहा छ ।शहरमा विकास र समृद्धि मात्र भएर हुदैँन । शान्त शहरको रुपमा पनि विकास गराउनु पर्छ । रात्रीको समयमा पनि हाम्रा छोरीहरु हिड्न सक्ने बाताबरण बनाउन केहि समय भित्रै सकिन्छ । किनकै मैले सुरक्षा निकायमा लामो समय काम गरेको छु । कहाँ के हुराको प्रयोग कसरी गर्नु पर्छ भन्ने मलाई थाहा छ । त्यसको लागि सबैले साथ सहयोग गर्नै पर्छ । र मलाई मेरो कुराहरु यहा राख्न दिनुभएकोमा तपाई र तपाईको पत्रिकालाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । गणतन्त्र दैनिकबाट

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post