मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

देश पुर्नसंरचनामा गैसकेपछि घोराही नगर कमिटि खारेज भएको छ । अहिले के गरीरहनु भएको छ ? 
—अहिले प्रत्येक दिन जनताको घरदैलोमा पुग्ने काम भएको छ । मंगलबार मात्रै म लगाएतको हाम्रो टोली ५ वटा गाउँमा पुगेको छ । अहिले कमिटि खोरेज भएको छ । अहिले साविक त्रिपुर नगरपालिका र साविक गाविसका नेतृत्व संग समन्वय र सहकार्य भएको छ । यति हुँदा हुँदै पनि अहिले स्थानिय तहको निर्बाचनको माहोल सुरु भएको छ । त्यसै सन्दर्भमा हामीले घरदैलो कार्यक्रम गरीरहेका छौँ । जनतालाई भेट्ने, पार्टीको निति, कार्यक्रम र सिद्धान्त बारेमा प्रष्ट पार्ने र एमालेको पक्षमा मत राख्नको लागि घरदैलो कार्यक्रम भैरहेको हो ।

तपाईको राजनितीक यात्रा कसरी र कहाँबाट सुरु भयो ? 
—म रोल्पाको गैरीगाउँमा २०२५ सालमा जन्मेको मान्छे हुँ । जतिबेला मैले बुझ्न सक्ने भए । त्यो बेला मेरो बुवाले पनि राजनिती गर्नु हुन्थ्यो । बुवाले निर्दलिय व्यवस्था ठिक छ भन्दै जाँदा मैले भने बहुदलिय व्यवस्था ठिक छ भनेँ । यसरी एउटै घरबाट बाबुछोराको फरक फरक राजनितीक विचारधारामा रहेर राजनितीक यात्रा सुरु भएको हो । रोल्पामा बसेर त्यो पनि जनजातीको रुपमा राजनिती गर्न गाह्रो थियो । स्रोत साधन थिएन । पैसा थिएन । मिडियामा पहुँच नै थिएन ।

काग्रँेस र कम्युनिष्टको विचमा धेरै मत भिन्नता थियो । त्यो बेला काग्रेसले अभियान चलाएको थियो । प्रत्येक घरघरमा जाँदै कुखुरा, खसीबोकाहरु काटेर त्यसको रगतमा औला चोब्न लगाई आज देखि काँग्रेस भएँ भन्न लगाउने अभियान गरीरहदा त्यसको प्रतिबाद गर्ने हामी थियौँ । त्यसलाई परास्त गर्न, जित्न हामी सफल भएका थियौँ । त्यस लगत्तै माओबादीले युद्ध सुरु गर्यो । हामी जनताको लोकप्रिय थियौँ । हामी माथी माओबादीले चन्दा आतंक, कुटपिट गर्ने, अपहरण गर्ने गथ्र्यो । त्यस्तो अबस्थामा २०५४ सालको स्थानिय निकायको निर्बाचनमा नेकपा एमालेबाट जनप्रतिनिति समेत भएको हुँ । जनताको काम गर्दै जाँदा माओबादीले हात काट्ने खुट्टा काट्ने, मार्ने सम्मका सजायहरु सुनाएकाले म २ वर्ष विदेशमा बस्न बाध्य भएँ ।

त्यस पछि २०५७ सालमा म दाङ झरेँ । दाङमा झर्दा मेरो सम्पुर्ण परिवारले शरिरमा लगाएको कपडा मात्र लिएर आएको थियो । मेरो बुवाको मृत्युमा १३ दिने क्रिया बस्ने क्रममा माओबादी आएर चन्दा मागेको थियो । यस्तो समयमा पनि मैले माओबादीलाई चन्दा दिएर १४ औँ दिनको दिन म दाङ झरेको थिएँ ।

त्यसपछिका दिनहरुमा मैले दाङमा ब्यापार व्यवसाय गरेँ । गल्ला तथा राईस मिल राखेँ । ब्यापारमा मात्रै ध्यान दिएर बसेको अबस्थामा यहा पनि माओबादीले चन्दा मागेर सताए पछि फेरी म २ वर्ष विदेश बसेँ । विदेश आए पछि पनि फेरी चन्दा माग्ने काम भयो । त्यसपछि म एमालेमा फेरी सक्रिय हुन थालेँ । यो विचमा मैले बचत तथा ऋण सहकारी, कृषि सहकारीमा लामो समय काम गरेँ । त्यसपछि एउटा निजि विद्यालय र एउटा सामुदायीक विद्यालयको व्यवस्थापन समितिमा पनि मैले काम गरेँ । जनजाती महासंघको सदस्य, नेपाल मगर संघ, नयाँ वषपार्क खानेपानी र तिन वटा टोल विकास सस्थाको सल्लाहकारको रुपमा काम गरेको छु भने अन्य धेरै ठाउँमा मैले काम गरेको छु । त्यति मात्रै नभई जनताको आबस्यक अनुसार मैले हरेक सरकारी तथा गैरसरकारी निकायहरुमा सम्बन्धीत भुमिकामा रहेर मैले काम गरेको छु ।

यति धेरै क्षेत्र तथा निकायहरुमा रहेर काम गर्दा तपाईलाई कत्तिको सन्तुष्टि मिलेको छ ? 
—मेरो भुमिका राजनितीक रुपमा स्पष्ट भए पनि मैले अहिले सम्म एउटा दलको अर्थात एमालेको लागि मात्र काम गरेको छैन । मेरो काम आम जनताको आबस्यकताको परिपुर्ति गर्नको लागि हो । जनताले पनि मेरो काम रुचाएका छन भन्ने लाग्छ । अहिले सम्म गरेका कामहरुमा कहीँ कतै असफल नभई सफलता नै हात परेको छ । सबैले राम्रो भएको छ भनेर समिक्षा गरेका छन् । तर यतिले मात्रै पुग्दैन धेरै काम गर्नुपर्ने आबस्यकता अहिले छ । त्यसको लागि भुमिका स्पष्ट हुनु पर्छ । त्यहि भुमिकाको खोजी गर्ने क्रममा छु भने जनताले पनि अहिले मेरो कामको मुल्यांकन गर्ने समय भएको छ ।

तपाई नेकपा एमाले अन्र्तगत घोराही नगरकमिटिमा रहेर काम गर्नुभयो । अहिले मुल्यांकन गर्दा कस्तो कस्तो र के के काम गरेँ भन्नु हुन्छ ? 
—म घोराही नगरकमिटिमा रहेर करिब ९ वर्ष काम गरेँ । घोराही नगरकमिटिमा म पहिले सदस्य भएर काम गरेको हुँ । मेरो कामको आधारमा म उपाध्यक्ष भए र अर्को कार्यकालमा म अध्यक्षको रुपमा काम गर्ने अबसर पाएँ । यो विचमा दलको पक्षमा रहेर र आम जनताको भावना बुझ्ने किमिसले काम गरेको छु जस्तो लाग्छ । सस्थागत निर्णय गर्दै दाङलाई प्रादेशिक राजधानी बनाउने देखि पार्टी प्रबेश सम्मका कामहरु भएका छन् । यसरी घोराही नगरपालिकाको क्रमश विकास भएर घोराही उपमहानगरपालिका बन्नु, यहाको विकासले गति पाउनु, जनताको उत्साह थपिनुको पछाडी एमालेको र एमाले भित्र मेरो भुमिका पनि छ जस्तो लाग्छ । यति बेला मैले भन्नु पर्छ कि एमाले घोराही नगरकमिटिमा दुई हजार एक सय भन्दा बढिलाई हामीले पार्टीमा प्रबेश गराएका छौँ । यसबाट पार्टीलाई धेरै हद सम्म सहयोग मिलेको महसुस भएको छ । भुकम्प पिडीतलाई खाद्य र आर्थिक सहयोग गरेर हामीले मानवताको परिचय दिएका छौँ भने २०५४ सालका जनप्रतिनिधिहरुलाई सम्मान गरेर राजनितीक आस्थालाई बलियो बनाउने काम भएको छ ।

तपाई एमाले घोराही नगर कमिटिको अध्यक्ष भएर काम गरी सक्नु भएको छ अबको तपाईको भुमिका के हुन्छ ? र कहाँ हुन्छ ? 
—यतिबेलाको आबस्यकता भनेको परिवर्तन, विकास र समृद्धि हो । परिवर्तन, विकास र समृद्धि भनेको राजनितिक दलको सक्रियतामा हुदै आएको अबस्था छ । राजनितिक दल जनताको प्रतिनिधित्व गर्ने बलियो संगठन हो । अहिले परिवर्तन, विकास र समृद्धिका लागि दलहरु स्थानिय तहको निर्बाचनमा होमिएका छन् । मैले यसअगाडीको घोराही नगरकमिटिको प्रमुखको रुपमा काम गरीसकेको हुनाले नयाँ संरचना अनुसार निर्माण भएको घोराही उपमहानगरपालिकाको सर्वोच्च भुमिकामा रहेर काम गर्न पाउछु भन्ने विस्वास छ । अहिलेको सक्रियता, सोच, योजना र कार्यक्रमले नै ब्यक्तिलाई भुमिका दिनमा सहयोग गर्छ । त्यो सबै म संग छ । तर त्यति मात्र भएर पनि हुँदैन । पहिले त मलाई मेरो पार्टीले सहयोग गर्नुपर्छ । त्यसपछि मात्रै मलाई जनताले मुल्यांकन गर्नेछ् ।

घोराही उपमहानगरपालिकाको सर्वोच्च भुमिकामा रहेर काम गर्नको लागि अर्थात घोराही उपमहानगरपालिकाको विकास र समृद्धिका लागि तपाईसंग के कस्ता योजनाहरु छन् ? 
—देशकै सम्भावनायुक्त ठाउँको रुपमा घोराही पर्छ । यहाको पर्यायबरणीय विकास र संरक्षण, भौतिक विकास र त्यसको व्यवस्थापन, शहरीकरणको सौन्दर्यता र पहिचान, पर्यटन र सास्कृतिक सम्पदाहरुको विकास, खानेपानीको दिर्घकालिन व्यवस्थापन, औद्यौगिक क्षेत्रको विकास र त्यसको अपनत्वको विषय अहिलेको प्रमुख मुद्धाहरु हुन । यो भित्र धेरै कुराहरु जोडिएर आउछन् । अव्यवस्थित बसोबास, देशकै शैक्षिक हब निर्माण गर्ने, गुणस्तरिय स्वास्थ्य सुविधाको प्रत्याभुति गराउने र घोराही उपमहानगरपालिकाबाट सर्वसुलभ रुपमा सेवा सुविधा प्रदान गर्ने लगाएतका कामहरुलाई प्राथमिकता दिनु पर्ने अबस्था छ । त्यति मात्र हैन घोराही उपमहानगरपालिका देशभरीका ठुलो उपमहानगरपालिका मध्य एउटा हो । त्यसकारण हामी संग ग्रामीण बस्तीहरु धेरैछन् । जहा अहिले सम्म सडक सञ्जालले छुन सकेको छैन, खानेपानी पुगेको छैन । भने अझै पनि न्युनतम् सुविधाहरु पुग्न नसकेको अबस्थामा गर्नुपर्ने कामहरु धेरै छन् । त्यसको लागि योजनाबद्ध रुपमा काम गर्न आबस्यकता छ ।

अन्त्यमा केहि भन्नु छ की ? 
—नितिगत रुपमा कामहरु भएका छन भने भोलीका दिनहरुमा पनि गर्नुपर्ने प्रसस्त कामहरु छन् । ति योजनाहरु क्रमश बाहिर आउने छन् । मैले हिजोका दिनहरुमा गरेका कामहरुको मुल्यांकन यतिबेला जनताले गर्दै हुनुहुन्छ । त्यसले मेरो अबको भुमिकालाई बढवा दिनमा सहयोग गर्नेछ् । अन्त्यमा तपाईको लोकप्रिय पत्रिकामा मेरो विचारलाई पनि छोटकरीमा समाबेश गर्ने अबसर दिनु भएकोमा धन्यबाद दिन्छु ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post