मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत १८ । नेकपा एमाले घोराही उपमहानगरपालिकाको आयोजनामा शुक्रबार घोराहीमा कार्यकर्ता भेला सम्पन्न भएको छ । स्थानीय निर्वाचनलाई लक्षित गरेर विशेष छलफल र निर्णय गर्नका लागि भेला भएको घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

साविक घोराही, त्रिपुर, सौडियार, रामपुर, लक्ष्मीपुर, सैघा, धर्नाका अध्यक्षहरुको उपस्थितिमा एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले दाङसहीत देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै स्थानीय निर्वाचनमा एमालेलाई जीताउन एकजुट भएर लाग्नुपर्ने जोड दिनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा दाङका सबैजसो ठाउँमा एमालेले जीत हासिल गर्ने दावि गर्दै कार्यकर्तालाई चुनाव प्रचार प्रसारमा गाउँगाउँमा जान निर्देशन दिनुभयो ।

अबको पहिलो शक्ति नेकपा एमाले हुनबाट कसैले रोक्न नसक्ने भन्दै दाङ जिल्ला ईञ्चार्जसमेत रहनुभएका चौधरीले सबैको आवश्यकता पुरा गर्ने गरी एमालेले बृहत योजना बनाएको र यसलाई व्यवहारिकरुपमा कार्यान्वयन गरेर देखाउने बताउनुभयो । ‘देशव्यापीरुपमा एमालेको लहर बढेको छ, एमालेले लिएको राष्ट्रियताको अडान र सिद्धान्त मन पराएर धेरै मानिसहरु एमालेमा प्रवेश गरिरहेको र केही प्रवेशको तयारीमा रहनुभएको छ’, उहाले भन्नुभयो, ‘समृद्ध नेपालको खाका लिएर एमाले अगाडि बढेकाले जनताले यस पटक एमालेलाई बहुमतसहित ठूलो पार्टी बनाऔं ।’

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य शान्ता चौधरीले एमालेले नै मुलुकको नेतृत्व गर्ने भन्दै जातीय मुद्धा भन्दा वर्गीय मुद्धालाई उठाएका कारण जनताले एमाले मन पराएको बताउनुभयो । उहाँले वर्गीय मुद्धाले नै सबैको अधिकार सुनिश्चित हुने र यसका लागि एमाले अग्रसर रहेको धारणा राख्नुभयो । को अधिकार सुनिश्चित गर्नका लागि एमाले अग्रसर रहेको धारणा राख्नुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले घोराही उपमहानगरपालिकाको चौतर्पिm विकासका लागि एमाले कटिबद्ध भएर लाग्न र यसका लागि सबैखाले पहल गर्न सुझाव दिएका थिए ।

एमाले घोराही उपमहानगरपालिकाका संयोजक राममणि पाण्डेको अध्यक्षतामा भएको भेलामा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, पूर्व जिल्ला अध्यक्ष लक्ष्मण आचार्य, प्रदेश कमिटी सदस्य नरुलाल चौधरी लगायतकाले बोल्नुभएको थियो । भेलामा स्थानीय तहको निर्वाचनको सन्दर्भमा केन्द्र तथा जिल्ला सर्कुलरका विषयमा घोराही उपमहानगरपालिका इञ्चार्ज विवेक श्रेष्ठले जानकारी गराउनुभएको थियो ।

भेलाले नयाँ स्थानीय तहको संरचना अनुसार आउँदो चैत २२ गतेसम्म सबै वडाका वडा कमिटी गठन गरिसक्नुपर्ने, २६ गते घोराहीको भरतपुरस्थित नारायणी सल्याणी भवनमा संगठित सदस्यहरुको बृहत भेला गर्ने, बैशाख ४ गतेसम्म सबै वडाहरुमा घरदैलो कार्यक्रम एवं वडा सभा गरिसक्नुपर्ने, ६ गते समीक्षा बैठक तथा उम्मेदवारी छनोट सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै भेलाले बैशाख १० गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा घोराहीमा हुने बृहत चुनावी सभा गर्ने र त्यसमा ५० हजार जनता उतार्ने निर्णयसमेत गरेको छ । एमाले दाङमा उपमहानगरपालिकाको कमिटीमा ईञ्चार्ज, संयोजक र उपसंयोजक तोकेको छ, भने सदस्यहरुमा क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, साविक गाउँ कमिटीका पदाधिकारी र साविक नगरकमिटीका पदाधिकारी सदस्य रहने प्रावधान छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post