मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नुवाकोट, चैत २७ । काठमाडौं जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौं जान लागेको मिनीट्रक  बिहान पौने ३ बजे पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हुँदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ (साविक कुमरी गाविस–१) का २६ वर्षीय सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ (साविक बेलकोट–९) का २४ वर्षीय मच्छिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। गाडीमा यात्रारत बेलकोटगढी नगरपालिका–२ का २४ वर्षीय श्रीकृष्ण न्यौपाने र २३ वर्षीय राममणि न्यौपाने घाइते भएका छन् ।  गम्भीर घाइते भएका उनीहरुको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अनियन्त्रित भएर गाडी सडकबाट २०० मिटर तल पुगेको थियो । दुर्घटनाबाट गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने करिब दुई लाख रुपैयाँको कुखुरा नष्ट भएको छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post