मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

बर्दिया, चैत २७ । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली अवैधरुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ बस्ने १७ वर्षीय टेकराज पोखरेल, १८ वर्षीय कृष्ण बुढाक्षेत्री, २४ वर्षीय सुरेश सिंह, १४ वर्षीय विवन थापामगर, २१ वर्षीय जयसिङ ठकुरी र १६ वर्षीय मनिस पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोइलर कुखुरा र तीनवटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post