मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी, 
दाङ, बैशाख १२ । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान ३६ औं हप्तामा प्रवेश गरेको छ । ३६ आंै हप्तासम्म पनि सडक पेटीमा जथाभावी सामानहरु राख्ने कार्य नरोकिएको भन्दै सरोकारवालाहरुले त्यस्ता सामग्रीहरु जफत गर्न सुरु गरेका छन् ।

त्यस्तै घर पसल अगाडि जथाभावी फोहोर गर्ने नगरवासीहरुलाई तुलसीपुर उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०६८ अनुसार कारवाही प्रक्रिया समेत थालनी गरेको छ । पैदलयात्रीहरुका लागि  फोहर संकलनका लागि पोलपोलमा डस्टबिनहरु राखिएको छ ।  सरसफाई अभियानलाई सार्थक बनाउन बजारभरि हरियो रङ्गका डष्टबिनहरु प्रयोगमा ल्याइएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विलम रिजालले जानकारी दिनुभयो ।

अध्यक्ष रिजालले सरसफाई अभियानलाई थप प्रभावकारी बनाउन स्वदेश एवं विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघसंस्थाहरुको आर्थिक सहयोगमा तुलसीपुर वजारमा डस्टबिन राख्ने क्रम जारी राखेको बताउनु भयो । मंगलबार भएको सरसफाई अभियानमा व्रेन वेयर कम्प्यूटर एजुकेशन र इपिक एकाडेमी तुलसीपुरका दुई सय विद्यार्थीहरु सहभागी भएका छन् । उनीहरुले टोल टोलमा सरसफाई सम्बन्धी सचेतना अभियान समेत सञ्चालन गरेका छन् ।


३६ औं हप्ताको सरसफाई अभियानको शुभारम्भ एजुकेशनका सञ्चालक भोला थापाले सरसफाई सम्वन्धी नारा पढेर गर्नुभएको थियो ।  बिरेन्द्र चोकदेखि सल्यान रोड शिवमन्दिरसम्म सरसफाई गरिएको संघका का वरिष्ठ उपाध्यक्ष विरु रावतले जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना एवं यस क्षेत्रका दर्जनौं सामाजिक संघसंस्थाहरुको सहभागितामा जारी सरसफाई अभियानमा यस क्षेत्रका उद्योगी व्यापारी व्यवसायी, राजनीतिकदल, पत्रकार, विभिन्न पेशाकर्मी, सुरक्ष ानिकाय, टोल विकास संस्था एवं सर्वसाधारणहरुको उल्लेखनिय सहभागिता रहदै आएको छ । सरसफाई अभियानको कार्यक्रमको सहजीकरण संघका महासचिव नेत्रलाल वलीले गर्नुभएको थियो ।

Abroad Study
«
Next
»
Previous