शरद रेग्मी,
दाङ, बैशाख १२ । तुलसीपुर उपमहानगरपालिकाद्वारा फोहोर मैला तथा वजार व्यवस्थापन अभियानलाई तिव्रता दिइएको छ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा उपमहानगरपालिकाले वजारलाई व्यवस्थित र सफा राख्न भन्दै विशेष अभियान समेत सञ्चालन गरेको कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वजारलाई सफा र व्यवस्थित गर्न उपमहानगरपालिकाले पटक–पटक सार्वजनिक सूचना प्रकाशन गर्दा समेत नगरवासीले अटेरी गरेपछि कार्यदल गठन गरी फोहोर महिला व्यवस्था ऐन २०६८ अनुसार कारवाही र जरिवाना सुरु गरेको जानकारी दिनुभयो । त्यसैगरी नगरपालिकाले गठन गरेको कार्यदलले छड्के रुपमा वजारमा अनुगमन र निरिक्षण समेत गर्दै आएको छ ।
सोमबार कार्यकारी अधिकृत केसीसहित घोराही रोड पुगेको टोलीले घर पसल अगाडि फोहोर थुपार्ने ,फुटपात अतिक्रमण गर्ने घरधनीहरुलाई जरिवाना गरेको छ । टोलीले न्यूनतम पाँच सयदेखि १ हजारसम्म जरिवाना गरेको छ । सोमबार देउराली फेशन, सहदेव श्रेष्ठ, दिवाकर न्यौपाने, ड्रिम ल्यान मोटर साइकल सोरुम, जितेश फेशन, नसिद कवाडी, जय दुर्गा किराना, नसिव माछापालन, मनोज (फलफूल) पसललाई जरिवाना गरिएको उपमहानगरपालिका नायव सुव्वा खेमकान्त पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै कार्यलयले गठित समितिलाई वजारमा अव्यवस्थित रुपमा पार्किङ गर्ने, ठेलागाडा यत्रतत्र सडक छेउमा राखिएको पाइएमा तत्काल नगरपालिकाले नियन्त्रणमा लिने समेत अधिकार दिएको छ । शाखा अधिकृत काजु शर्माको नेतृत्वमा फोहोर मैला तथा वजार व्यवस्थापन समिति समेत गठन गरेको छ । कार्यालयले नियन्त्रणमा ल्याएका सामग्रीहरु तत्काल लिलाम प्रक्रिया अनुसार कारवाही गर्ने अधिकार समेत प्राप्त गरेको वरिष्ठ अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बजारलाई स्वच्छ र व्यवस्थित गर्न पहिलो चरणमा चार किल्लाभित्र विशेष अभियान चलाउन सुरु गरिएको छ ।
विद्युत प्राधिकरण, टेलिकम, बाहिनी चोक र पिपलबोटभित्र पर्ने सडक तथा वजारहरुमा यो अभियान सञ्चालन गर्नेछ । यता सरसफाई सम्बन्धी गठन गरिएको समितिले तुलसीपुरमा सञ्चालन भइरहेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानलाई सहयोग पुग्ने अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो । उहाँले सरोकारवाला सबैले यो अभियानमा सहयोग गर्नु पर्ने समेत प्रतिक्रिया दिनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुर उपमहानगरपालीकाको मुख्य आयोजनामा प्रत्येक मंगलबार सञ्चालन भइरहेको सरसफाई अभियानमा दर्जनांै सामाजिक संघसंस्थाहरुको उत्साजनक सहभागिता रहदै आएको छ ।