दाङ, चैत ३० । दशवर्षे सशस्त्र द्वन्द्वका बेला गुरिल्ला हिँड्ने बाटोमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ । रुकुम, म्यादी, बागलुङ र रोल्पाका ग्रामीण बस्ती समेटर गुरिल्ला पदमार्ग निर्माण गरिएपछि सो क्षेत्रमा पर्यटक पुग्न थालेका हुन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला विकास समिति रुकुमको पहलमा गुरिल्ला पदमार्ग नामसहित नयाँ रूट तयार गरेपछि पर्यटकको आगमन बढेको स्थानीयले बताएका छन् ।
विदेशी पर्यटनलाई युद्धकालीन दिनचर्या, विकट बस्तीको जनजीवन तथा मगर संस्कृतिको अनुभव दिलाई स्थानीयको आर्थिक स्तर उकास्न गुरिल्ला पदमार्ग तयार गरिएको जिल्ला पर्यटन बोर्डका अध्यक्ष तथा स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए । ‘गुरिल्ला पदमार्गबाट म्यादीको पश्चिम व्यापारी केन्द्र दरबाङ, ताकम, धारापानी र मुना हुँदै बागलुङको सिमाना ढोपाटन शिकार आरक्ष, रुकुमको तकसेरा, सिस्ने हिमाल, चुनवाङ र रोल्पाको सुलिचौरसम्म पुग्न सकिन्छ,’ उनले भने । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृङ्खला, ग्रामीण जीवनशैली र स्थानीयवासीको द्वन्द्वकालीन अनुभव पदमार्गका मुख्य आकर्षण हुन् । रूटका अधिकांश क्षेत्र तत्कालीन माओवादी सेनाको सेल्टर मानिन्छ ।
सरकारले तयार गरेको गुरिल्ला पदमार्गले स्थानीयवासीलाई शान्ति, सुरक्षाको महसूस भएको त्रिवेणी गाउँपालिका–८ खाराका भीमबहादुर खड्काले बताए । गुरिल्ला पदमार्ग २७, १९ र १४ दिन गरी तीनओटा प्याकेजमा भ्रमण गर्न सकिन्छ । ग्रामीण पर्यटनको सम्भावना भएको यो पदमार्गको प्रचार–प्रसारको लागि नक्सा र गाइड बूक तयार भएको जिल्ला समन्वय समितिका सूचना अधिकृत चिन्तामणि दाहालले जानकारी दिए । गुरिल्ला पदयात्राको क्रममा हिमाल, जङ्गल, नदी, छहरा, ग्रामीण, बस्ती, जङ्गली जनावर र चराचुरुङ्गीको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
नेपालको एक मात्र शिकार आरक्ष (ढोरपाटन शिकार आरक्ष) क्षेत्रमा पर्ने ४ हजार ६० मिटरको उचाइमा रहेको फागुने लेकसमेत गुरिल्ला पदमार्गमा समेटिएको छ । पदयात्रामा ढोरपाटन शिकार आरक्ष हुँदै जानुपर्ने भएकाले नाउर, घोरल, झारल, मिचितुवा, डाफेलागयात पशुपक्षी नजिकैबाट हेर्न पाइन्छ । रुकुम र सल्यानको बीचमा पर्ने खोलाबजारबाट शुरू हुने यो पदमार्ग द्वन्द्वकालीन अवस्था बुझ्न र प्राकृतिक सौन्दर्य अवलोकन गर्न अति उपयुक्त रहेको बुद्धिजीवीहरू बताउँछन् ।
प्रवीर ददेल/अभियान