इलाम, चैत २७ । इलामको फाकफोकथुम गाउँपालिका(७ साविक एकतप्पा–९ की एक महिलाको आज घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न नजिकैको जङ्गलमा गएकी ३८ वर्षीया विष्णु थापाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
भिरबाट लडेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे लगिएको थियो । उपचारकै क्रममा केन्द्रले थापालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिनुभयो । थापाको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइएको छ।