मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

बर्दिया, चैत २७ । बर्दियाका विभिन्न स्थानमा विद्युत चोरी गर्ने २ सय ९५ लाई विद्युत प्राधिकरण शाखा गुलरियाले कारवाही गरेको छ। विभिन्न घरायसी तथा व्यापारीक प्रयोजनका लागि गैर कानूनी रुपमा हुकिङ्ग गर्ने व्यक्तीहरुलाई प्राधिकरणले कारवाही गरेको हो।

विद्युत चुहावटले विकराल समस्या वनाई रहेको अवस्थामा उनीहरुलाई विभिन्न समयमा रंङ्गेहात पक्राउ गरी जरिवाना र कारवाही गरिएको विद्युत प्राधिकरण गुलरियाका प्रमुख अवधेस कुमार गुप्ताले बताउनुभयो।उनले भने यस आर्थिक वर्षको माघ मसान्त सम्ममा हामीले विद्युत चोरी गर्ने २ सय ९५ जनालाई पक्राउ गरी कारवाही गरेका छौं साथै उनीहरुबाट २३ लाख ९० हजार रुपैया विगो वापतको क्षतीपूर्ति समेत असुलेका छौं।

उनले अगाडी भने चुहावटकै कारण लोडसेङ्गि वढाउनु पर्छ। पछिल्लो समय विद्युत चुहावट नियन्त्रणमा कमी आएकोले यतिखेर बर्दियामा लोडसेङ्गि धेरै कम भैसकेको छ। उनले थपे गत आर्थिक वर्षमा ३९ दशमलव ०७ प्रतिशत विद्युत चुहावट थियो तर यसवर्षको फागुन सम्ममा चुहावट घटेर २६ दशमलव ९२ प्रतिशत पुर्याएका छौ।

प्राधिकरणको गस्तीका क्रममा गैरकानूनी रुपमा विद्युत चुहावट गर्नेहरुबाट कम्प्युटर, टेलिभिजन, फ्रिज, पानी तान्ने मोटर, पंखा लगायतका सामाग्री पक्राउ गरेको जनाईएको छ। विद्युत चुहावट ऐन ०४७ अनुसार विद्युत चोरी गर्नेलाई अदालतले कसुर ठहराए क्षतीको विगो अनुसार क्षतीपूर्ति भराई ३ महिना कैद, ५ हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ। त्यही कसूर दोश्रो पटक गरेको खण्डमा ६ महिना कैद, १० हजार जरिवाना हुने कानूनी प्रावधान रहेको प्रमुख गुप्ताले प्रष्ट पारे।

विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र अधिराज्य भरिकै ठूलो शाखा बनेको छ। जिल्ला भरी विद्युत उपभोग गर्ने ग्राहकको संख्या ६३ हजार १ सय ७१ जना रहेकाले देशकै ठूलो केन्द्र वनेको विद्युत प्राधिकरण कार्यालय गुलरिया, बर्दियाले जनाएको छ। प्राधिकरणमा अझै ७ सय जना उपभोक्ताले विद्युत लाईन लिनको लागि आवेदन दिएका छन्।

विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग देश विकास र सम्वृद्धिमा सहयोग भन्ने नारा सहित प्राधिकरणले यसबर्ष देखि विद्युत सुरक्षा दिवस मनाउन थालेको छ। ग्रामिण स्तरमा विद्युतीय सचेतना दिने हेतुले दिवस मनाउन थालिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो।

उनले भने विकासले विनास निम्त्याउने भएकाले अशिक्षित भन्दा सचेत व्यक्ती नै विद्युतीय करेण्टबाट अकालमा ज्यान गुमाउने गर्छन्। प्राधिकरणले विद्यालय स्तरिय सचेतना मार्फत गाउँ गाउँमा सुचना प्रवाह गर्नुपर्ने उनको सुझाव छ।

विद्युत प्राधिकरण गुलरिया शाखाले बाँकेको कोहलपुर स्थित स्टेशनबाट मासिक करिव ४० लाख युनिट विद्युत खरिद गरी करिव २४ लाख युनिट मात्र ग्राहकहरुलाई विक्री गर्न सकेको प्रमुख गुप्ताले वताए। उनले अगाडी थपे करिव १६ लाख युनिट विद्युत चुहावट भएर जान्छ।

कोहलपुरदेखि गुलरिया केन्द्र सम्म आईपुग्दा १२ प्रतिशत लाईन लस चुहावट हुने गरेको उनले वताए। विद्युत चुहावट रोक्न प्राधिकरण मात्र होईन ग्राहकहरुले पनि सहयोग गर्नु पर्छ उनले भने। विद्युत किफायतका लागि एलईडी बल्व प्रयोगमा जोड दिँदै अनावस्यक विद्युत प्रयोगमा रोक लगाउने अभियान शुरु गरेका छौं।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post