मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख १४ । जिल्लामा स्थापना भएका सिमेन्ट उद्योगमा ४१ अर्ब लगानी भएको पाइएको छ । २०६५ सालदेखि दाङमा स्थापना हुन थालेका सिमेन्ट उद्योगहरु अहिलेसम्म पनि स्थापना भइरहेका छन् ।

जिल्लामा हालसम्म पाँचवटा सिमेन्ट उद्योग र सिमानामा दुईवटा सिमेन्ट उद्योग गरेर सात सिमेन्ट उद्योगहरु स्थापना भइसकेका छन् । यी सिमेन्ट उद्योगहरुमा ४१ अर्ब रुपैयाँ लगानी भएको देखिएको छ । योसँगै दाङ जिल्ला सिमेन्ट उद्योगको केन्द्र बन्न थालेको छ । पहाडी भेगमा रहेको चुुुनढुुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै दाङमा सिमेन्ट उद्योग स्थापना गर्ने क्रम बढेको हो । यीमध्ये केहीले उत्पादनसमेत थालिसकेका छन्, भने केही उत्पादनको तयारीमा रहेका छन् । केही व्यवस्थापनको चरणमा रहेको पाइएको छ ।

जिल्लामा स्थापना भएका उद्योगहरुमा एक अर्बदेखि १० अर्बसम्मको लगानी रहेको पाइएको छ। जिल्लामा सिमेन्ट उद्योगमा मात्रै ४१ अर्बभन्दा माथिको लगानी रहेको देखिएको छ । उद्योग मन्त्रालयमा पनि सोही अनुसार लगानी पेश गरिएको छ । जिल्लामा स्थापना भएका घोराही सिमेन्ट, सोनापुर सिमेन्ट उद्योगले केही वर्ष अघिदेखि नै आफ्नो उत्पादन बजारमा ल्याइसकेका छन्, भने सम्राट सिमेन्ट उद्योगले अबको दुई महिनामा आफ्नो उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।

त्यसैगरी दाङलाई आधार बनाएको तर पूर्वाधाररु अर्घाखाँचीमा स्थापना भएको शुुभश्री अग्नि सिमेन्ट उद्योगले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जनाएको छ, भने रोल्पामा स्थापना भएको रोल्पा सिमेन्ट उद्योगले पनि उत्पादन बजारमा ल्याएको छ । जिल्लामा स्थापना भएका दाङ सिमेन्ट उद्योग, अरनिको आबुुखैरेनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन्, भने सम्राट उद्योग उत्पादनको तयारीमा रहेको छ ।

जिल्लामा आफ्नो उत्पादन गरिरहेका उद्योगहरुले पनि स्थापनाको तुलनामा दोब्वर उत्पादन गर्न थालेका छन् । चार अर्बबाट शुरु गरेको सोनापुर सिमेन्टले आफ्नो लगानी बढाएर अहिले १० अर्ब पुु¥याएको र उत्पादन पनि दैनिक आठ सय वोराबाट बढाएर २० हजार बोरा पुु¥याएको उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिनुुभयो ।

त्यसै गरेर क्लिङकर उत्पादन पनि दोब्बर बढाएको पाठकले जानकारी दिनुुभयो । उद्योगमा एक हजार पाँच सयजनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । त्यसै गरी छ अर्बबाट उत्पादन शुरु गरेको घोराही सिमेन्ट उद्योगले पनि आफ्नो स्थापना कालभन्दा आफ्नो लगानी र उत्पादन बढाएको बताएको छ। उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले उत्पादन दैनिक २२ हजार बोरा पुु¥याएको बताउनुभयो । यसअघि उद्योगले दैनिक सात हजार बोरा उत्पादन गर्दै आएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post