दाङ, चैत २० । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले संविधान कार्यान्वयनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले बंगलाचुली गाउँपालिकाको प्रथम भेलालाई सम्वोधन गर्दै नेता पोख्रेलले भन्नुभयो, ‘नेकपा एमालेको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनका एमालेको नेतृत्व आवश्यक छ ।’
मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन अत्यावश्यक भएको भन्दै स्कुल विभाग उप–प्रमुखसमेत रहनुभएका पोख्रेलले संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा सिंगो मुलुक होमिएको समयमा निर्वाचन बिथोल्ने गतिविधि सिर्जना भइरहेको भन्दै नेता पोख्रेलले निर्वाचन बिरोधी गतिविधि निस्तेज पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।
संविधान संशोधन प्रस्ताव अगाडि बढाएर कांग्रेस–माओवादीले इतिहासमै गम्भिर भुल गरेको भन्दै नेता पोख्रेलले भन्नुभयो, ‘भारतलाइ खुसी पार्न कांग्रेस–माओवादीले संशोधन प्रस्ताव अगाडि बढाएका हुन् । मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गरी अगाडि बडढाइएको संशोधन प्रस्ताव एमालेले पास हुन दिँदैन ।’
अबका सम्पूर्ण निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका पोख्रेलले एमालेको नीतिमा अगाडि बढिरहेको मुलुकको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यकता महसुस गरी जनताहरुले एमालेलाई बहुमत दिलाउने बताउनुभयो । मुलुकको राष्ट्रियताको रक्षाका लागि एमालेको अडान र बिगतका दिनमा एमालेले गरेको कामका आधारमा एमालेले बहुमत ल्याउने नेता पोख्रेललको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य शान्ता चौधरीले निर्वाचन केन्द्रीत गतिविधि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । एकमना एकताका साथ पार्टीलाई बिजयी बनाउन सबै लाग्नुपर्ने उहाँको भनाई थियो । बंगलाचुली गाउँपालिकाका संयोजक हेमराज पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष टीकारम खड्कालगायतले बोलनुभएको थियो । गाउँपालिकाका सह–संयोजक दलबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुस्कार भण्डारीले गर्नुभएको थियो ।