दाङ, चैत २० । नेकपा एमालेका केन्द्रीय सदस्य एवं दाङ ईञ्चार्ज मेटमणि चौधरीले सम्पूर्ण निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने बताउनुभएको छ । गढवा गाउँपालिकाको प्रथम भेलालाई आइतबार सम्बोधन गर्दै नेता चौधरीले अबका तीनवटै निर्वाचनमा जनताहरुले एमालेलाई पहिलो शक्ति बनाउने बताउनुभएको हो ।
समृद्ध मुलुकका लागि एमालेको विजयी अत्यावश्यक रहेको बताउँदै नेता चौधरीले सुखी नेपालीका लागि एमालेलाई विजयी बनाउनुपर्ने बताउनुभयो । जनताहरुले एमालेका नीति र कार्यक्रम मन पराएको भन्दै चौधरीले जनताहरुको घरदैलोमा गई एमालेको पक्ष्यमा जनमत निर्माण गर्नतर्फ लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
नेकपा एमाले गढवा गाउँपालिकाका संयोजक रामप्रसाद गैरेको अध्यक्षतामा भेलामा पार्टी नेता वीर क्षेत्री, जिल्ला सदस्य कुलबहादुर केसी, मीना गुरूङ, क्षेत्रीय अध्यक्ष रतनकुमार केसी, जिल्ला सल्लाहकार भागवतिप्रसाद चौधरी, पूर्व जिल्ला सदस्य सहजराम यादवले चुनावमा पार्टी कार्यकर्ताहरूले खेल्नुपर्ने भुमिकाको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । उपसंयोजक कालिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन सचिव शिवराज पन्थीले गर्नुभएको थियो ।