वसन्त परियार
तुलसीपुर, बैशाख ११ । यसवर्षको कक्षा १२ को परीक्षामा दाङबाट सात हजार बढी विद्यार्थीहरुले सहभागिता जनाइरहेका । नियमित र आशिंकतर्फ गरी ७ हजार ४ सय ३८ जना विद्यार्थीले सहभागिता जनाएको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङले जनाएको छ ।
जस अनुसार नियमिततर्फ ४ हजार ५ सय ६४ र आशिंकतर्फ २ हजार ८ सय ७४ जना रहेको कार्यालयका सुचना अधिकारी भगवान यादवले जानकारी दिनुभयो । परीक्षाका लागि दाङमा २१, सल्यानमा १३, रुकुममा १२, रोल्पा र प्यूठानमा ५/५ वटा केन्द्र तोकिएको छ ।
यस्तै रोल्पाबाट नियमिततर्फ ७ सय ५० र आशिंक ५ सय ८० गरी जम्मा १ हजार ३ सय ३० जनाले परीक्षा दिइरहेका छन् । यस्तै प्युठानमा नियमिततर्फ ९ सय ४८ र आंशिकतर्फ ५ सय ६९ गरी १ हजार ५ सय १७ , सल्यानमा नियमिततर्फ १ हजार २ सय ३१ र आंशिकतर्फ ३ सय ४८ गरी १ हजार सय ७९ जना परीक्षार्थीहरु सहभागी भइरहेका छन् ।
त्यस्तै रुकुममा नियमिततर्फ २ हजार ३ सय ६२ र आंशिकतर्फ ७ सय ४३ जना गरी ३ हजार १ सय ५ जनाले परीक्षा दिइरहेका छन् ।