मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


दीपकसंगम थापा
दाङ बैशाख ५ । रुकुमका एक बृद्ध दम्पत्तीलाई अहिले एक छार्न टार्न समेत धौधौ भएको छ । रुकुमकोटस्थित खोपीचारमा बस्दै आएका ६५ वर्षिय कटुवाले सन्तराम सुनारलाई अहिले एक छाक टार्न मुस्किल परेको छ ।

कटुवालको काम गर्दै जीविका धानेका सन्तराम सुनारका अहिले आँखाले देख्न छाडेपछि कटुवाल पेशा गुमेको छ । २९ वर्ष कटुवाल पेशा गरेका सन्तरामले कटुवाल पेशा छाडेदेखि उहाँको दम्पत्तीलाई अहिले एक छाक टार्न समेत धौधौ परेको सन्तरामले गुणासो पोख्नुभयो । उमेरले र शारिरीक शक्तिले काम गर्न छोड्दै गएपछि अहिले वृद्ध दम्पत्ती काम गर्ने अवस्थामा छैनन् ।

साँझ बिहान कसैले एक छाक ल्याई दिए उहाँहरुको छाक टर्दछ । सन्तरामका छोरा रोजगारीका लागि भारत पसेको धेरै वर्ष भइसकेको छ । तर, अहिलेसम्म फर्किने कुनै टुंगो नै छैन । सन्तरामको एक सुर्को बाँझो जग्गा छ । तर, सुख्खा पाखो भएकोले केही उव्जिदैन । वरपर भएका गाउँलेको पनि जग्गामा खेतीपाती हुँदैन । कमाउन भारत पसेका छोरालाई पर्खेर सन्तराम भन्नुहुन्छ, ‘छोरो आए त हामीलाई पाल्दो हो । खै ! कहिले आउँला ? ऊ आउञ्जेल त हामी पनि जिउँदो हुन्छौं कि हुन्नांै ? ऊ आउँला जस्तो छैन ।’

२९ वर्षदेखि कटुवालको काम गर्दै गाउँलेले दिएको कटुवाल भाडाबाट दम्पत्ती पालिदै आउनुभएको थियो । तर, एक्कासी आँखा र त्यसमा खानपानको कमीले गर्दा शारिरीक रुपमा पनि काम गर्न नसक्ने भएपछि कटुवाल पेशा छोड्नुपरेको सन्तरामले बताउनुभयो ।

नेताहरुलाई चुनावको, कर्मचारीलाई तलवको सोख सुर्ता होला । तर, वृद्ध दम्पतिलाई भने साँझ विहानको छाक कसरी टार्ने भन्ने कुराले पिरोली रहन्छ । सन्तराम भन्नुहुन्छ, ‘कोही कसैले दयामाया गरे त बाँचूला । तर, कसैले नहेरे त कति दिनपो बाँचूला ?’ कटुवाल दम्पत्ती भन्नुहुन्छ, ‘अहिलेसम्म कसैले हेरेका छैनन्, कहिलेकाही गाउँलेले रोटी दिन्छन् त्यही खाएर बाँचेका छांै । आफूहरुलाई कोही धर्मीहरुले सहयोग गरे हामीहरुको दैनिकी केही सहज हुने थियो ।’ सन्तरामले थप्नुभयो, ‘खै हामीजस्ता गरिब र आँखा नदेख्नेलाई कसले पो सहयोग गर्ला र ? कसैले सहयोग गरे त बुढाबुढी केही वर्ष बाँच्थ्यौं कि ?’

सन्तराम र उहाँकी श्रीमतिले साँझ बिहान बाल्यकालको झझल्को सम्झने, मिठो मसिनो खाएको सम्झेर भक्कानिने गरेको सन्तरामले जानकारी दिनुभयो । ‘अरुका घरपरिवारमा मिठो मसिनो खाँदा हुन्, कठै ! हामी त के खाने हो र ? बुढाबुढी रातभरी गुणगुण गर्छौं, एक अर्कालाई हेर्छौं, आँखाबाट आशु खस्छ, कहिले मैले पुछिदिन्छु, कहिले उनले पुछिदिन्छिन् । यो उमेरमा हामीलाई कसले सहयोग गर्ला ?’, सन्तरामले भन्नुभयो ।

सन्तरामको घर पनि पुरानो र आधा भाग भत्किएको छ । ४३ वर्षअघि सन्तरामका बुबाले हालेको घर अहिले पनि त्यसमा बस्नुपर्ने सन्तरामको बाध्यता छ । दिनहुँ रक्सी मासुमा खर्च गर्नेहरुले र चुनावमा पैसाको खोलो बगाउनेहरुले वृद्ध दम्पत्तीलाई सहयोग गरे ठूलो धर्म लाग्ने दलित अधिकारकर्मी ओपेन्द्रलाल कामीको आग्रह छ । वृद्ध दम्पत्तीलाई सहयोग गर्ने मनकारी व्यक्तिहरुले ९८४७८६९०१७ मा खबर गर्न सकिने छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post