‘पाँच वर्ष देश चलाउन दिनुहोस् ‘डिस्टिङ्सन’ ल्याएनौं भने कहिल्यै भोट माग्दैनौं’
काठमाडौं, बैशाख ७ । नेकपा एमालेले स्थानीय तह निर्वाचन नजिक–नजिक आइरहेका बेला चुनावी घोषणपत्रलाई पूर्णता दिन विभिन्न समुदायको सुझाव संकलन गरेको छ । यही क्रममा बुधबार एमाले मुख्यालयमै ‘स्थानीय तह निर्वाचनः मुद्धा पहिचान र बौद्धिक समुदायको भूमिका’ विषयक अन्तरक्रियाको आयोजना ग¥यो ।
बौद्धिक समुदायको उपस्थितिमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र लेखन समितिका सदस्य प्रदिप ज्ञवालीले आगामी घोषणापत्रमा समावेश गरिने विषयका मुख्य बुँदाहरु उल्लेख गर्नुभयो । उहाँले घोषणापत्र स्थानीय तह निर्वाचनका लागि तयार गरेको भए पनि विकास र सम्वृद्धिलाई निर्देशित गर्ने खालको भएको दाबी गर्नुभयो ।
उहाँले स्थानीय निर्वाचनमा मात्र होइन आम निर्वाचनमा पनि एमालेले बहुमतसहित पहिलो स्थान हासिल गर्ने र आगामी पाँच वर्ष कम्तिमा मुलुकको नेतृत्व गर्ने भएकाले त्यही अनुरुपको चुनावी घोषणापत्र तयार गर्न लागेको जानकारी दिनुभयो । ‘नेपाललाई अबको २० वर्षपछि अल्पविकशित मुलुकबाट विकासशील राष्ट्रका रुपमा स्थापित गर्ने एमालेको घोषणापत्र आउँदैछ,’ उहाँले भन्नुभयो, ‘हामी यो निर्वाचनमा ७ सय ४४ मध्ये बहुमत स्थानमा विजयी हुन्छौं । त्यसपछि हुने निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने भएकाले त्यही अनुरुपको घोषणापत्र ल्याउँदैछौं ।’
उहाँले राज्यलाई सम्वृद्धि र विकासमा कायापलट ल्याउने योजनासहितको महत्वकांक्षी घोषणापत्र एमालेले ल्याउन लागेको पनि जानकारी दिनुभयो । ‘नेपालीहरुले सम्वृद्धिको सपना देख्न छाडेका बेला हामीले घोषणापत्र ल्याउँदैछौं,’ उहाँले भन्नुभयो, ‘सके युरोप वा अमेरिका जाऊ नभए खाडीमा उँट चराउन जाऊ भन्ने मान्यतालाई विस्थापित गर्ने घोषणापत्र आउँदैछ ।’
उहाँले विकासप्रतिको निराशालाई तोड्ने खालको घोषणापत्र ल्याउने पनि दाबी गरे । ‘दश वर्षमा नेपाल शहरै–शहरको देश बन्नेछ,’ घोषाणापत्रबारे ज्ञवालीले भन्नुभयो, ‘२५ वर्षमा ५० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छौं भन्ने तथ्यसहितको घोषणापत्र आउँदै छ ।’
उहाँले अहिले १० लाख पर्यटक भित्रिने गरेको भन्दै त्यसमा दशौँ गुणाले वृद्धि गर्ने योजना एमालेसँग भएको दावी गर्नुभयो । ‘मानव संशोधनको विकास, कनेक्टिभिटी, पूर्वाधार, सामाजिक सुरक्षा र सामाजिक न्यायका सन्दर्भमा पनि हामी कायापलट गर्छौं,’ उहाँले भन्नुभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो लक्ष्य हो त्यसैले उत्पादनका साधनमा जनताको स्वामित्व, सामुदायिक प्रोजेक्ट, विकासमा समावेशीता जस्ता कुरालाई पनि मुख्य प्राथमिकतामा राख्छौं ।’
उहाँले एमालेलाई पाँच वर्ष तलदेखि माथिसम्म चलाउन दिए अल्पविकशित राष्ट्रको नाममा लागेको कलंकको टिका हटाउने पनि दावी गरे । ‘पाँच वर्ष एमालेलाई देश चलाउनु दिनुहोस्, डिस्टिङ्सन ल्याएनौँ भने कहिल्यै भोट माग्दैनौँ,’ उहाँले भन्नुभयो ।