मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

इनरुवा, वैशाख १४ । सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कीमा गएराति आगलागीमा परी छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी हरिस अन्सारीको घरबाट अचानक आगलागी हुँदा छ परिवारका छवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा स्थानीयवासी हसिम अन्सारी, वारोस अन्सारी, हरिस अन्सारी, जमाल अन्सारी, उस्मान अन्सारी र हारुन अन्सारी गरी जम्मा छ परिवारको छवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

आगलागीमा परी करिव रु आठ लाख बराबरको क्षति भएको स्थानीयवासीले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुनसरीले क्षतिको विवरण आइनसकेको जनाएको छ । आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, इनरुवा र इटहरीबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।

Abroad Study
«
Next
»
Previous