मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

हरारे, चैत २५  । जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

हरारेदेखि २२० किलोमिटर टाढा बुधबार राति दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । प्रहरी प्रवक्ता चारिटी चाराम्बाले बिहीबार १७ जनाको शव निकालिएको जानकारी दिए । उनले अरू ४३ जना घाइते भएको र उनीहरुलाई नजिकैका स्वास्थ्य संस्थामा उपचार गराइएको बताए ।

“बसका चालक पनि घाइते भएकाले अस्पतालमा भर्ना भएका छन् भने ट्रकका चालकको पहिचान हुन सकेको छैन, दुर्घटनाग्रस्त बस र ट्रक दुवै घटनास्थलमै रहेका छन्, दुर्घटना निकै दर्दनाक भएको छ,” उनले भने ।

प्रहरीले दुर्घटना हुनुका कारण र दुर्घटनाका दोषीको खोजी गरिरहेको प्रहरी प्रवक्ता चाराम्बाले जानकारी दिए । सरकार नियन्त्रित सञ्चार संस्थाले दुर्घटना भएको बसमा ६० जना यात्रु रहेको र ट्रकले टायर ढुवानी गरेको जनाएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post