चितवन, चैत २२ । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदैछ । ती ठाउँमा बढीमा ६० मिटरसम्म अग्लो ठाउँबाट भित्तो काटेर सडक फराकिलो बनाइँदैछ ।
कालीखोलाबाट मुग्लिनसम्मको सडक हाल ५ दशमलव पाँच मिटरमात्रै फराकिलो छ । उक्त ठाउँमा नौ मिटर चौडा बनाउनुपर्ने हुन्छ । जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दै तल झर्नुपर्ने खनालले बताए । सो क्रममा चट्टान झर्न सक्ने, थर्किएर पहिरो खस्न सक्ने सम्भावना रहेको प्राविधिक बताउँछन् ।
हिजोमात्रै घुमाउनेमा खसेको चट्टानी पहिरोले अरु सजगता अपनाउनुपर्ने सङ्केत गरेको छ । उक्त पहिरोले पाँचवटा सवारीका साधनलाई पुर्दा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । खनालले अप्रत्यासित रुपमा पहिरो खसेको बताए ।
सो क्षेत्रमा ४८ मिटर माथिबाट भित्तो काट्ने काम भइरहेको छ । दुईवटा लोडर र दुईवटा एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको क्षेत्रमा पहिरो खसेको हो । सडकबाट करिब २० मिटर माथिबाट चट्टानको ढिस्को झरेको उनले बताए । तीन चार दिनदेखि परेको पानी चट्टानभित्र पसेर ढिस्को झरेको अनुमान गरिएको छ ।
सो आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले पानी पर्दा र नपर्दा भित्तो काटिएको ठाउँमा सावधानी अपनाउनै पर्ने बताए । जबसम्म भित्तो काटिएका ठाउँमा घाँस पलाउँदैन तबसम्म खतरा रहिरहने भन्दै उनले धेरै डराउनुपर्ने तर सावधानी भने अपनाउनैपर्ने बताए ।
नयाँ भित्तो काटिएका ठाउँमा जहाँकहीँ जोखिम हुने भन्दै उनले हावाहुरी र बढी सुख्खा हुँदासमेत ती क्षेत्रमा ढुङ्गा र पहिरो खस्न सक्ने हुँदा सावधानी अपनाएरमात्रै यात्रा गर्न आग्रह गरे । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्छन् ।