मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

प्रेमबहादुर राम्जा,
दाङ, चैत २१ । आगामी बैशाख ३१ गते तोकीएको स्थानीय तहको निर्वाचनका लागि देशभरीबाट ७५ हजार म्यादी प्रहरीका लागि आवेदन खुला भयो र त्यसका लागि दुई लाखभन्दा बढीले आवेदन दिए । चैत ११ गतेदेखि १७ गतेसम्म गरी दुई लाखभन्दा बढीले आवेदन दिएका हुन् ।

देशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुमा मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षको चर्चा चलिरहेको बेला म्यादी प्रहरीका लागि भने युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । राजनीतिक परिवर्तनका लागि युवाहरुले साथ दिए पनि युवाहरु भने उम्मेदवारी तर्फभन्दा म्यादीका लागि प्रतिष्पर्धामा रहेका छन् ।

करिव ५५ दिनसम्म काम गर्ने गरी म्यादी प्रहरीको भर्ना खुला गरिएको हो । यसमा युवा, पुर्व सुरक्षाकर्मी, पुर्व म्यादी प्रहरीको सहभागीता रहेको छ । निर्वाचन आयोगले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सुरक्षाका लागि खटाउने निर्णय गरेको छ । यस्तै सरकारले थप सुरक्षाका लागि म्यादी प्रहरी खटाउने गरी भर्ना खोलेको जनाएको छ ।


म्यादी प्रहरीमा भर्ना हुनेहरुको देशका सबै जिल्ला प्रहरी कार्यालयमा भीड लागेको छ । १७ गतेसम्म फारम दर्ता गरेकाहरुले फिजीकल र लिखित परिक्षा दिएका छन् । अब आजका लागि मौखिक परिक्षा बाँकी रहेको छ । चैत २२ गते ७५ हजार म्यादीको छनौट हुने भएको छ ।

७५ हजार जना छनौट भएपछि उनीहरुलाई एक महिना तालिम दिएर विभिन्न जिल्लाहरुमा खटाईने छ । उनीहरुले गस्तीदेखि मतदान केन्द्रहरुमा समे खटाइने बताइएको छ । उनीहरुलाई बैशाख ३१ गतेको निर्वाचन सम्पन्न पश्चातका काम सकेर घर फर्काइने छ । थोरै दिनका लागि म्यादी प्रहरीको भर्नामा देखिएको लाइन बेरोजगारको एउटा उदाहरण मान्न सकिन्छ ?

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post