मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २१ । आसन्न चुनाव नजिकिँदै गर्दा यहाँका नेता शिक्षकले राजीनामा दिन थालेका छन् । केही शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिने बताउँदै आएका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार नेकपा (एमाले) निकटका चार शिक्षकले राजीनामा दिइसकेका छन् ।



एमाले जिल्ला कमिटीका सचिव प्रेमप्रसाद घर्तीले राजीनामा दिएका छन । उनी वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सामा कार्यरत थिए । त्यस्तै, एमाले निकटकै जनता प्रावि पोख्रामा कार्यरत कैशिलावती खत्री, इन्द्रज्योति मावि थालारैकरका शिक्षक नरेन्द्र शाही र जनशक्ति आधारभूत विद्यालयका रामबहादुर केसीले राजीनामा दिएका छन ।

जिल्ला शिक्षा कार्यालयले दलका सदस्य भएका शिक्षकको नामावली कार्यालयलाई उपलब्ध गराउन जिल्लाका राजनीतिक दललाई पत्र लेखेलगत्तै यी शिक्षकको राजीनामा आएको छ । अन्य कुनै दलले पनि अहिलेसम्म शिक्षक दलका सदस्य भएको पत्र जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध गराएको छैनन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post