मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, वैशाख ५ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् ।
उनलाई दलित महिला कोटाबाट नेकपा (एमाले)ले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ ।

दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ । स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एकजना दलित महिलालार्य सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीति छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post