क्लवले समसामयीक राजनीतिक घटनाक्रम र स्थानीय तह निर्वाचनका सवालमा राप्रपा अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री थापालगायत राप्रपाका केन्द्रीय नेताहरुसँग आज बिहान ११ वजे क्लवको सभाहल तुलसीपुर वीपी चोकमा साक्षात्कार हुने क्लव दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो ।
साथै अध्यक्ष रेग्मी आज बिहान ११ वजे राप्रपा नेताहरुसँग हुने साक्षात्कारमा उपस्थितिका लागि पत्रकारलगायत शुभेच्छुकहरुमा आह्वान गर्नुभएको छ । राप्रपा अध्यक्ष थापालगायतका नेताहरु पार्टीको चुनावी सभालाई सम्वोधन गर्न तुलसीपुर आउन लाग्नुभएको हो । तुलसीपुरस्थित बाहिनी चोकमा दिउँसो १२ वजेपछि चुनावी सभा हुन लागेको राप्रपाका सहायक महामन्त्री मनोज प्रधानले जानकारी दिनुभयो ।
