विराटनगर, चैत २८ । मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक बृद्धासहित दुई जनाको मृत्यु भएको छ । होक्लाबारी २ मा आगोमा जलेर एक बृद्धाको मृत्यु भएको छ ।
गत फागुन २९ गते आगोले पोलेर घाइते भएकी होक्लाबारी २ की ७५ वर्षीय युवामायाँ भण्डारीको एक महिनापछि मृत्यु भएको प्रहरीले जनाएको हो। भण्डारीको आइतबारराति उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । प्रहरीका अनुसार गत फागुन २९ गते बिहान आफ्नै घरमा पूजा गर्न बालेको दियोबाट साडीमा आगो सल्किदा उहाँ घाइते हुनुभएको थियो ।
त्यस्तै मोरङको पथरी–शनिश्चरे नगरपालिका १० मा भएको दुर्घटनामा परेर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको हो । को २ च १६६ नम्बरको टाटा मेघा गाडीको ठक्करबाट घाइते भएका मोरङको जाँते ९ का ४७ वर्षीय होमबहादुर बुर्जा मगरको आइतबारराति मृत्यु भएको प्रहरीले जनाएको छ । मगर सवार को २४ प ५४१ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो १ बजे टाटा मेघा गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बुर्जाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताउनु भयो । प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।