मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  चैत २४/ शिक्षा कार्यालय काठमाडौंले अधिकतम ३ हजार ६ सय रुपैयाँ मात्र फिस लिन पाउने गरी विद्यालय शुल्क सीमा तोकेको छ। साथै विद्यालयले लिने शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ। भर्ना, मासिक, वार्षिक र वार्षभरि गरिने विविध कार्यक्रममा लाग्ने शुल्क मात्र लिन पाइने छ। त्यसका लागि विद्यालय वर्गीकरणसमेत गरेको जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले बताए।

शुल्क अनुगमन समितिले ३ महिनाअघि काठमाडौंका आधारभूत र माध्यामिक तहका विद्यालयलाई ४ श्रेणीमा वर्गीकरण गरी शुल्क सीमा निर्धारणको सिफरिस गरेको थियो। आचार्यका अनुसार कक्षा १ देखि ५ सम्मका घ वर्गले १ हजार १ सय ८१ ग वर्गले १ हजार ५ सय ७५, ख वर्गले १ हजार ९ सय ६९ र क वर्गले बढीमा २ हजार ३ सय ६३ रुपैया लिन पाउनेछन्।

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्मको घ वर्गले एक हजार ३ सय ५०, ग ले एक हजार ८ सय ख ले २ हजार २ सय र क वर्गले बढीमा २ हजार ७ सय रुपैयाँ लिन पाउनेछन्। माध्यामिक तह ९ र १० कक्षासम्म सुचारु विद्यालय घ वर्गले एक हजार ८ सय ३८ ग वर्गले २ हजार ४ सय ५० ख वर्गले ३ हजार ६३ र क वर्गले बढीमा ३ हजार ६ सय ७५ रुपैयाँसम्म लिन पाउनेछन्। यो शुल्क लिने विद्यालयले शिक्षकको तलब सरकारले तोकेसरह बैंकमार्फत भुक्तानी गर्नुपर्छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post