दाङ, चैत २१ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले जनतामा भ्रम छरेर चुनाव जीत्ने सपना नदेख्न कांग्रेस–माओवादीलाई आग्रह गर्नुभएको छ । नेकपा एमाले बबई गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोख्रेलले भन्नुभयो, ‘जनतामा भ्रम छरेर चुनाव जीत्ने दिन गइसके । एमालेका नीति विचारसँग प्रतिष्पर्धा गरेर चुनावमा सफलता हासिल गर्न नसकेका कांग्रेस–माओवादीका साथीहरु एमालेको विपक्षमा भ्रम छरेर चुनाव जीत्ने अभियानमा हुनुहुन्छ । यस्तो गर्ने दिन गइसके ।’
सिंहदवारको अधिकार जनता समक्ष पु¥याउन एमालेले सुरु गरेको अभियानले सार्थकता पाउन लागेको भन्दै नेता पोख्रेलले एमालेका नीति बिचारलाई जनतासामु पुर्याउनु एमालेका नेता कार्यकर्ताको प्रमुख दायित्व हो । नेकपा एमालेले सुरु गरेको आफ्नो गाउँ आफै बनाऔं, बृद्धभत्तालगायतका जनपक्षिक कार्यक्रमले एमाले जनताको प्रिय बनेको भन्दै उहाँले एमालेले गरेका जनपक्षिय कामकै कारण अबका निर्वाचनमा एमाले ठूलो पार्टी बन्छ ।
पार्टीका प्रभावशाली नेता समेत रहनुभएका पोख्रेलले एमालेको जगमा टेकेर अन्य पार्टीले जनतालाई भ्रम छरेको दावी गर्नुभयो । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी रहेको भन्दै स्थायी कमिटीका सदस्य पोख्रेलले भन्नुभयो, ‘हामी स्थानीय तहको निर्वाचनको संघारमा उभिएका छौं । यो समयमा एमालेका हरेक सदस्यहरुले एमालेको पक्षमा जनमत तयार गर्नुपर्दछ । एमालेको शक्तिबाट तर्सिएका अन्य पार्टीहरुले जनतामा भ्रम फैलाउन सक्छन् । यस्तो अवस्थामा कसैले पनि अल्छी नगरौं ।’
एमालेभित्रका केही नेता र खराव प्रवृत्तीकै कारण दाङमा एमालेले विजयी हासिल नगरेको भन्दै स्कुल विभागका उप–प्रमुख समेत रहनुभएका पोख्रेलले विगतको गल्ती दोहोरिन नदिन सबै लाग्नुपर्ने बताउनुभयो । ‘एमालेले विर्वाचनमा असफलता हासिल गरेको आफूभित्रकै कारणले हो । जनताहरुको साथ सहयोग हुँदाहुँदै पनि हरेक पटक हामीले पराजय भोगेको छौं’, नेता पोख्रेलले भन्नुभयो, ‘विगतबाट पाठ सिकेर अबका निर्वाचनमा पार्टीलाई विजयी बनाउन लागौं ।’ संविधानले जनताको सबै अधिकार संविधानमा उल्लेख गरेको भन्दै कार्यान्वयनमा ध्यान दिन सत्तासीन दलका नेताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीले जनताले एमालेलाई गुण लगाउने समय भएको बताउनुभएको छ । केन्द्रीय सदस्य चौधरीले एमालेले जनताको अधिकारका लागि काम गरेको भन्दै स्थानीय तहको निर्वाचन मार्फत् मत दिएर गुण तिर्न आग्रह गर्नुभयो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता, कार्यकर्ताहरु एक जुट भएर निर्वाचनमा जान निर्देशन दिनुभयो । विगतमा विविध कारणले जिल्लामा एमालेले निर्वाचन हारेको भन्दै त्यस्तो घटना नदो¥याउन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यस्तै कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य शान्ता चौधरीले नेकपा एमाले आदीवासी जनजाती र मधेशी जनताका विरोधी पार्टी नभएको बताउनुभयो । नेपाली जनताको सहयोगबाट विभिन्न आन्दोलनबाट उपलब्धीहरु प्राप्त भएको भन्दै त्यसका लागि एमालेका उम्मेदवारलाई मत दिन चौधरीले आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले स्थानीय तहको निर्वाचन मार्फत् उदाहरण पेश गर्ने बताउनुभयो । महिला, आदीवासी, दलितहरुको लागि संविधानले समाबेशी रुपमा उम्मेदवार बनाउने ब्यबस्था गरेको भन्दै अरु दलको स्थानमा एमालेले महिला उम्मेदवार अधिकतम बनाउने प्रयास गर्ने बताउनुभयो ।
नेकपा एमाले बबई गाउँपालिका संयोजक चुर्णबहादुर वलीको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलामा गाउँपालिकाका सचिव टंकराज विकले सञ्चालन गर्नुभएको थियो भने स्वागत सहसंयोजक डिलबहादुर पुनले गर्नुभएको थियो । कार्यकर्ता भेला कार्यक्रममा नेकपा एमाले बबई गाउँपालिकाका सदस्य, पुर्व पदाधिकारी तथा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
नेकपा एमाले दाङले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दश तहमा पार्टी कार्यकर्ता प्रशिक्षण, भेला, कार्यालय स्थापना गर्ने कार्य चैत २० गतेदेखि सुरु गरेको छ । जिल्लाको बंगलाचुली गाउँपालिकाबाट उक्त अभियान सुरु गरेको जिल्ला सचिव हिराचन्द्र केसीले जानकारी दिनुभएको छ । अभियान चैत २७ गतेसम्म सञ्चालन हुने सचिव केसीले जानकारी दिनुभएको छ ।