दाङ, चैत २२ । नेपाल पूर्वप्रहरी संगठन जिल्ला कार्य समितिको विशेष बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला कार्य समितिका अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
जसमा पूर्व अध्यक्षहरु कुलबहादुर रावत, बहादुर कर्ण केसी, भुपेन्द्रप्रसाद सुवेदी, आजीवन सदस्यहरुबाट पूर्णबहादुर भण्डारी, प्रेमबहादुर केसी, तेजबहादुर थापा रहनुभएको छ । साथै बैठकले सदस्यमा दुई जनालाई मनोनयन समेत गरेको छ । जसमा डिल्लीबहादुर शाही र मोहनलाल केसी रहनुभएको छ । साथै पूर्व प्रहरी नायव उपरिक्षक भेषराज श्रेष्ठलाई आजीवन सदस्यता दिने निर्णय गरिएको छ ।
बैठकले केन्द्रिय महाधिबेसनका लागि प्रतिनिधिहरुको नाम समेत छनोट गरेको छ । आगामी बैशाख ७ गते हेटौडामा हुने केन्द्रिय महाधिबेसनका लागि अध्यक्ष रोबरबहादुर बस्नेत, कोषाध्यक्ष उषा सुवेदी, सदस्य रेशमा आचार्य, पूर्णबहादुर भण्डारी र खुसलबहादुर आलेको नाम प्रतिनिधिका रुपमा छनोट गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । बैठकको स्वागत मन्तव्य पूर्व प्रहरी नायव उपक्षिक रेशम खड्काले गर्नुभएको थियो, भने सहजीकरण पूर्व प्रहरी नायव निरिक्षक मदन अधिकारीले गर्नुभएको थियो ।