मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुशील बस्नेत,
दाङ, जेठ १३ । जेठ ३१ हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र बिश्वसनीय बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने नेपाल प्रेस युनियनले शनिबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । प्रेस युनियनको २६ औं स्थापना दिवसको अवसरमा तुलसीपुर स्थित वीपी चोकमा शान्ति दीप प्रज्ज्वलनपछि आयोजीत कोण सभामा बोल्ने वक्ताहरुले आम मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउन र उनीहरुको सहभागितामा बिश्वसनीय र शान्तिपूर्ण निर्वाचन गराउन पत्रकारहरुले भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षता एवं नेपाली कांगे्रस जिल्ला कार्यसमितिका सदस्य सुरेन्द्र खड्काको प्रमुख आतिथ्यतामा आयोजित कोण सभामा प्रमुख अतिथि खड्काले स्थानीय तहको निर्वाचन गणतन्त्रको संस्थागत विकासका लागि मियोका रुपमा काम गर्ने भएकाले भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाले नेपाली काग्रेसले स्थानिय तहको निर्बाचनमा बहुमत प्राप्त गर्ने गरि नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा नेपाल कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष रश्मी अधिकारी, नेपाल तरुण दलका जिल्ला सहसचिव ध्रुव आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शरद रेग्मी र सहजीकरण सहसचिव बालाराम खडकाले गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा दाङको तुलसीपुर, घोराही र लमहीमा शान्ति दीप प्रज्ज्वलन गरिएको नेपाल प्रेस युनियनले जनाएको छ । २०४८ सालमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पहलमा युनियनको स्थापना गरिएको हो । प्रजातन्त्रको पुनर्वहालीसँगै पत्रकारिता क्षेत्रमा पनि मिसनबाट व्यवसायिक बन्न थालेपछि व्यवसायिक पत्रकारिताको विकास र श्रमजीवी पत्रकारको हितका लागि नेपाल प्रेस युनियन स्थापना भएको हो ।

नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्तालाई तदर्थ समितिको अध्यक्ष बनाएर गठन भएको प्रेस युनियनको पहिलो महाधिवेशनले हरि अधिकारीलाई पहिलो अध्यक्ष चयन गरेको थियो । स्थापनाको २६ औं वर्षको अवसरमा यसपटक रजत वर्ष समापन समारोह गर्न लागिएको युनियनले जनाएको छ । ७३ वटा जिल्ला र आठ वटा प्रतिष्ठान शाखा रहेको नेपाल प्रेस युनियनमा अहिले ७ हजारभन्दा बढी सदस्य छन् ।

Abroad Study
«
Next
»
Previous