मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौँ, बैशाख २८ । यही वैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचनका लागि बिहीबार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ।मतदान सुरु हुनु ४८ घण्टाअघिबाट सुरु हुने यो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो लागू हुनेछ ।

निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्द देखि १ लाख सम्म जरिवाना हुन सक्छ भने मौन अवधि उल्लंघन गरे÷नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ ।

मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसारलगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै आयोगले बुधबार दलहरूलाई सचेतसमेत गराएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म चुनावी प्रचारप्रसारअन्तर्गत सभा, जुलुस, नाराबाजीलगायतका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले बताएको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार आज मध्यरातसम्म दलहरूले आफ्नो वा उमेदवारको प्रचारप्रसार गर्न पाउने तर मौन अवधि सुरु भएपछि नपाउने बताए, राजधानीमा खबर छ ।

Abroad Study
«
Next
»
Previous