मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, बैशाख २८ । घोराही तेरौटेको बृद्धाश्रम १९ जना बृद्धबृद्धाहरुको परिवार हो । पछिल्लो समय धेरै विद्यालय सहयोगी हातहरु लिएर त्यहाँ पुग्छन् । संस्कार सिकाउने उद्देश्यले विद्यार्थीहरुलाई विद्यालयले नै त्यहाँ पु¥याउँछन् र अवलोकनका लागि छोडी दिन्छन् । यसरी अहिले बृद्धाश्रम विद्यार्थीहरुको संस्कार सिक्ने, देख्ने र महसुस गर्ने थलोका रुपमा समेत विकास भएको छ ।

जेष्ठ नागरिक सरोकार केन्द्रले सञ्चालन गरेको बृद्धाश्रममा अहिले १९ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् । उनीहरुको दैनिक भोजन, फलफूल, लत्ताकपडाहरु सबै सहयोगी दाताहरुबाट आउँछ । विद्यालयका साना–साना बालबालिकाहरुले आफ्नो खाजा खर्चबाट जोगाएर राखेको पैसादेखि ठूला ठूला निकायहरुले समेत बृद्धाश्रमका बृद्धबृद्धाहरुको पालनपोषणका लागि सहयोग गर्दै आएका छन् । यसरी सहयोग आउनेमा धेरैजसो फलफूल, खाद्यान्न रहेको बृद्धाश्रमकी व्यवस्थापक हिरा शाहले बताउनुभयो । त्यतिमात्रै नभएर बृद्धबृद्धाहरुका लागि कपडा, चप्पल, सावुन तथा सरसफाईका सामग्रीहरु समेत सहयोगको रुपमा आउने गरेको शाह बनाउनुहुन्छ । यसरी बाहिरबाट आउने सहयोगले नै बृद्धाश्रम चलिरहेको छ ।

यस्तै आफ्नो खाजा खर्चबाट जोगाएको सहयोग लिएर बृद्धाश्रममा पुगेका शान्ति निकेतनका विद्यार्थीहरु भावुक भए । बुधबार परेको २५६१ आंै बुद्धजयन्तीको अबसर पारेर शान्ति निकेतनका विद्यार्थीहरुले बृद्धाश्रममा पुगेर बृद्धबृद्धाहरुलाई सहयोग गरेका छन् । उनीहरुले फलफूल वितरण गर्नुको साथै खाद्यान्न समेत वितरण गरेको विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले बताउनुभयो । विद्यार्थीहरुले बृद्धाश्रममा पुगेर सहयोग मात्र गरेनन् । बृद्धबृद्धाहरुसँग अन्तत्र्रिmया समेत गरे । त्यसक्रममा केहि छात्राहरुको आँखाहरु रसाए ।

‘बृद्धाश्रममा दुःख रहेछ’, आँखामा आँसु लिएर कक्षा ८ की छात्रा अनिता पौडेलले बताउनुभयो, ‘उहाँहरुलाई भेट्न कोही पनि नआउने रहेछन् ।’ बृद्धबृद्धाहरुले भोग्नु परेको शारिरीक समस्याले विद्यार्थीलाई भावुक बनाएको प्रिन्सिपल पौडेलले बताउनुभयो । बृद्धबृद्धाहरुले भौतिक सुख प्राप्त गर्नसके पनि मानसिक सुख आफूहरुले नपाएको बताउनुभयो । विद्यार्थीहरुले बृद्धबृद्धाहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए । बृद्धबृद्धाहरुको सामान्य जीवनीको पुस्तक तयार पार्ने गरी उनीहरुसँग अन्तत्र्रिmया गरेका थिए । बृद्धाश्रमको अवलोकनपछि विद्यार्थीहरुले बृद्ध अबस्थामा पुगेका आफ्ना अग्रजहरुलाई सम्मान र मायाको साथमा घरमै रमाउने वातावरण बनाउनु पर्ने बताउनुभयो । ‘बाहिर जति राम्रो भए पनि त्यो घर जस्तो हुँदैन । बृद्धबृद्धाहरुलाई घरमै बस्ने व्यवस्था मिलाउनुपर्छ’, कक्षा १० मा अध्ययनरत सतिष पोख्रेलले बताउनुभयो, ‘यो कुरा सबैलाई सिकाउनु पर्छ र सम्झाउनु पर्छ ।’

विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अधयक्षता तथा बृद्धाश्रमका जेष्ठ नागरिक पशुपति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यवस्थापक हिरा शाहलाई सहयोग हस्तान्तरण गरिएको थियो । विद्यालयकी शिक्षिका यशोदा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णुप्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयले शिक्षा सँगसँगै संस्कारलाई पनि जोड दिनुपर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल पौडेलले यो वर्षदेखि शान्ति निकेतन विद्यालय नयाँ व्यवस्थापनका साथमा सञ्चालन भएको बताउनुभयो । साथै उहाँले शिक्षालाई अब संस्कारसँग जोडेर लैजान थालेको बताउनुभयो । विद्यालयले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिदै जाने बताएको छ ।

बृद्धाश्रममा प्रायः दैनिक जसो सहयोग आउने गरेको छ । बार्षिक रुपमा आउने १५ देखि २० क्विन्टल चामल सहयोगले बृद्धबृद्धाहरुको पालनपोषणमा सहयोग पुग्दै आएको बृद्धाश्रमले बताएको छ । तत्काललाई चामलको कुनै अभाव नभए पनि अन्य सरसफाईका सामग्रीहरु सावुन, सरफलगायतका सामानहरु सहयोग आए राम्रो हुने व्यवस्थापक शाहले बताउनुभयो ।
बौद्ध गुम्वामा विद्यार्थीहरु

यसैबीच २५६१ औं बुद्ध जयन्तीको अवसरमा शान्ति निकेतन विद्यालयका विद्यार्थीहरुले घोराहीस्थित नमःछु बौद्ध गुम्वाको अवलोकलन गरेका छन् । जिल्लाका सम्पूर्ण विद्यालय बन्द रहेको अवस्थामा विद्यालयले विद्यार्थीहरुलाई गुम्वाको अवलोकन गर्ने अवसर जुटाएको थियो । विद्यालयका एम.डी सुनिल गौतमको नेतृत्वमा कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरु गुम्वामा पुगेका थिए । विद्यार्थीहरुले गुम्वामा पुगेर बौद्ध धर्म र दर्शनको बारेमा जिज्ञासा राखेका थिए । 

Abroad Study
«
Next
»
Previous