मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुर्खेत, जेठ ९/ ३१ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खटिएर कालीकोटबाट सुर्खेत आउँदै गरेका प्रहरी सवार रहेको मिनी जिप सुर्खेतमा दुर्घटना हुँदा एकजना प्रहरीको मृत्यु भएको छ। सुर्खेत–दैलेख सडक खण्डअन्तरगत वीरेन्द्रनगर–१४ गोठिकाडा भन्दा २ किलोमिटरमाथि साउनेपानी भन्ने स्थानमा ना १ ग ४७६ नम्बरको जिप मंगलबार बिहान दुर्घटना हुँदा १ प्रहरीको मृत्यु भएको छ भने, २५ जना प्रहरी घाइते भएका छन्।

 मृत्यु हुनेमा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको रहेको सुर्खेत प्रहरीले जनाएको छ। उक्त जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए। जिप अनियन्त्रित भई दुर्घटना भएको र दुर्घटनास्थलबाट उपचारको लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको वीरेन्द्रनगरको देउती अस्पताल र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ। आर्चायका अनुसार जिप अनियन्त्रित भएपछि सडकबाट खसेको थियो। घाइतेहरुको अवस्था सामान्य रहेको एसपी आचार्यले जानकारी दिएका छन्।

Abroad Study
«
Next
»
Previous