मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ९ । राप्ती अञ्चल अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङबीच रक्त सञ्चार सेवा सञ्चालन गर्ने सहमति भएको छ। सोमबार दाङमा अस्पताल बिकास समितिको तर्फबाट अध्यक्ष विष्णुकुमार देवकोटा र रेडक्रसको तर्फबाट रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यबीच सहमति भएको हो।

२०६५ पुस २१ गतेदेखि सञ्चालनमा आएको राप्ती अञ्चल अस्पताल तुलसीपुर र निजी अस्पतालका बिरामीहरूलाई लाभान्वित गर्ने उद्देश्यले अस्पताल परिसरभित्र रक्त सञ्चार सेवा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर अस्पतालले आफ्नो स्वामित्वको जग्गा रेडक्रसलाई स्रोत व्यवस्थापनका लागि दिने भनी गरिएको सहमतिबाट दुवै पक्षबीच २०६८ सालदेखि विवाद चुलिएको थियो। सहमतिअनुसार साउन महिनाभित्र राप्ती अञ्चल अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गरिनेछ।

 राप्ती अञ्चल अस्पताल विकास समिति र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङबीच सोमबार संवाद समूहको पहलमा सहमति भएको हो। सोमबारको संवाद प्रक्रियामा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले दुई पक्षलाई नजिक ल्याउन प्रयास गरेका थिए। संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा गरिएको ‘तुलसीपुरमा रक्त सञ्चार सेवा सञ्चालन’ विषयक संवादमा रक्त सञ्चार सेवा सञ्चालनका लागि आवश्यक पर्ने स्रोत व्यवस्थापनका लागि अस्पतालले पहल गर्ने सहमति भएको संवाद समूहका सहजकर्ता सुशील बस्नेतले जानकारी दिए।

उक्त संवाद कार्यक्रममा कालीकादेवी रक्त सञ्चार भवन निर्माणका लागि दाता वामदेव शर्मा उपाध्यायले रक्त सञ्चार सेवा सञ्चालनका लागि निर्माण गरिएको उक्त भवन प्रयोगमा ल्याउन आग्रह गरेका थिए।  अस्पताल विकास समिति र रेडक्रस सोसाइटीले उक्त कालीकादेवी भवनलाई रक्त सञ्चार सेवाको रूपमा प्रयोग गरिने प्रतिबद्धता जनाएका छन्।

रक्त सञ्चार सेवा सञ्चालनका लागि दाता वामदेव शर्मा उपाध्यायले अस्पतालको हाताभित्र स्वर्गीय श्रीमती कालीकादेवी उपाध्यायको स्मृतिमा ५५ लाखको लागतमा कालीकादेवी रक्त सञ्चार भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिसकेका छन्।

Abroad Study
«
Next
»
Previous