मलेखु, बैशाख २६ । गजुरी गाउँपालिका–८ चैनपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् । दुवै पक्षको चुनावी प्रचारप्रसारका क्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो ।
घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।