मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सल्यान,  जेठ २  । राप्ती अञ्चलको सल्यान जिल्लाका बहुमत स्थानीय तहमा माओवादीले अग्रता कायम गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये ६ वटामा माओवादी अगाडि छ भने दुईवटामा कांग्रेस र एउटामा एमालेले अग्रता कायम गरेको छ ।

एउटा स्थानीय तहमा भने विवादका कारण पुनः मतदान गर्नुपरेका कारण मंगलबार राति १० बजेपछिमात्रै मतगणना हुने माओवादी नेता रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए । सल्यान जिल्लाका विभिन्न गाउँपालिकामा माओवादीलाई हराउन कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए । तर, कांग्रेस र एमालेको तालमेल भएको ठाउँमा पनि माओवादीले अग्रता कायम गरेको मल्लले बताए ।

बनगाड कुपिन्डे नगरपालिकाको मेयरमा माओवादीका सल्यान जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकी उठेका छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका सल्यान जिल्ला अध्यक्ष गोविन्दकुमार पुन उठेका छन् । माओवादीविरुद्ध एमालेका उम्मेदवारलाई नेपाली कांग्रेसले सहयोग गरेको छ । यो नगरपालिकामा माओवादीका उम्मेदवार थोरै मतले अगाडि छन् ।

दार्मा गाउँपालिकामा एमाले र कांग्रेसले तालमेल गरेका छन् । तर, कांग्रेस र एमालेका साझा उम्मेदवार रामचन्द्र केसीलाई माओवादीका उम्मेवार निमराज केसीले फराकिलो मतले पछाडि छाडेका छन् । त्यसैगरी बागचौर गाउँपालिकामा पनि माओवादीका लोकमान बुढाथोकीले कांग्रेस र एमालेका उम्मेदवारहरुलाई पछि पारेका छन् ।

कालिमाटी गाउँपालिकामा पनि माओवादीकै पुरुषोत्तम भट्टराईले अगुवाइ गरेका छन् । कपुरकोट गाउँपालिकामा माओवादीका प्रकाश भण्डारीले अगुवाइ गरेका छन् । क्षत्रेश्वरी गाउँपाकिलामा माओवादीका चित्रबहादुर केसीले अगुवाइ गरेका छन् ।

त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले अगुवाइ गरेका छन् । जिल्लाको एउटा गाउँपालिका ढोरचौर गाउँपालिकामा एमालेका चित्रबहादुर चलाउने अगाडि छन् । जिल्लाका १० वटा स्थानीय तहमा मतगणना जारी भइरहेकोमा मंगलबार बिहानसम्म ६ वटामा माओवादी अगाडि छ भने दुईवटामा कांग्रेस र एउटामा एमाले अगाडि छ । कुमाखमालिका गाउँपालिकामा भने विवादका कारण मंगलबार राति १० बजेदेखि मात्रै मतगणना हुने भएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post