मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख २७ । जिल्लामा महिलाको नाममा जग्गापास गराउनेको सङ्ख्या बढ्दै गएको छ । राजस्वमा छूट पाइने भएपछि महिलाको नाममा जग्गापास गराउनेहरू बढेका हुन् ।

गत आर्थिक वर्षमा करीब १२ सयले महिलाका नाममा जग्गापास भएको जिल्ला मालपोत कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार महिलाको नाममा मात्रै ११ सय ८७ जनाले जग्गाको कारोबार गरेका थिए । जिल्लाका महिलाले जग्गापास गर्दा गत आवमा २९ लाख ६ हजार ८ सय १ रुपैयाँ छूट पाएको कार्यालयको तथ्याङ्क छ । यसले महिलाको भूमिमाथिको अधिकार बढ्दै गएको मालपोत कार्यालयका सूचना अधिकारी हीराबहादुर गुरुङले बताए ।

चालू आवको चैतसम्ममा भने कुल ३ हजार ४ सय ५५ जनाले जग्गा रजिष्ट्रेसन पास गरेका छन् । तीमध्ये ९ सय ३५ जनाले महिलाको नाममा जग्गापास गरेका छन् । जग्गा रजिष्ट्रेशन पास गरेबापत प्रशासनले रू। २४ लाख ८९ हजार ३ सय ६९ रुपैयाँ छूट दिएको छ ।

आफ्नो नाममा जग्गापास गराउने महिलामध्ये अधिकांश शहरी क्षेत्रका हुन् । यसअघि महिलाका नाममा जग्गापास गराउनेको सङ्ख्या न्यून थियो । महिलाले आफ्नो नाममा जग्गापास गरे २५ प्रतिशत छूट दिने सरकारी व्यवस्था छ ।
                                                                                                                                   अभियानबाट

Abroad Study
«
Next
»
Previous