दाङ, जेठ ६ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रजातन्त्रसँग कांग्रेसको कुनै साइनो नभएको दावी गर्नुभएको छ । दङाली कम्यूनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत हरनुभएका नेपालले भन्नुभयो, ‘नेपाली कांग्रेसले प्रजातान्त्रिक, समाजवाद बिर्सिसक्यो । आफ्नो नीति बिर्सिएर सत्ताका लागि माओवादीसँग गला जोड्दा देशभरका कार्यकर्ताहरुमा निरासा छाएको छ । कांग्रेससँग अब प्रजातन्त्रको कुनै साइनो बाँकी छैन ।’
अन्य दिनभन्दा फरक तरिकाले प्रस्तुत हुनुभएका नेता नेपालले बोलेका महत्वपूर्ण प्रसंगहरु-
१–माओवादी पार्टी डष्टविनमा फाल्ने स्थितिमा पुग्यो ।
२–बूढो रुख अब ढल्दैछ ।
३–प्रचण्डको हालत कस्तो भइरहेको छ भरतपुरको मत सार्वजनिक भएपछि थाहा हुन्छ ।
४–जनता एमालेको साथमा छन् भन्ने कुरा सिधा स्पष्ट भइसक्यो ।
५–काठमाडौँ जाग्दा देश जाग्छ, अब देश जगाउने जिम्मेवारी एमालेको काँधमा आएको छ ।