भक्तपुर, बैशाख २९ । भक्तपुरको चाँगुनारायण नगरपालीका – २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरीय नेताको घरमा आज बिहान अज्ञात समुहले बम विष्फोट गराएको छ ।
राप्रपाका जिल्ला सदस्य माधव खत्रीको घर निजिकैको पर्खालमा आज बिहान तीन बजेको समयमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट घरको झ्यालमा क्षति पुगेको खत्रीले रातोपाटीलाई जानकारी दिए । भक्तपुरका प्रमुख जिल्लाख अधिकारी द्रोण पोखरेलले सिलिण्डर विष्फोट भएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको स्थानीयले बताए । हाल घटना स्थलमा नेपाली सेना, प्रहरी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।