रुद्र सुवेदी,
नेपालगञ्ज, जेठ १३ । यही जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सरकारले नेपालसँग जोडिएका भारत र चीनसँगको सीमाक्षेत्र तीन दिन बन्द गर्ने तयारी गरेको छ । सीमा क्षेत्रबाट निर्वाचनको समयमा निर्वाचन केन्द्रित आपराधिक घटना बढ्नसक्ने भएकाले सीमा क्षेत्र बन्द गर्ने तयारी गरेको हो ।
मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि र मतदान भइसकेपछि २४ घण्टा सीमाक्षेत्र बन्द गर्न प्रस्ताव गरिएको सुरक्षा स्रोतको भनाइ छ । यस विषयमा सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भारतीय पक्षसँग छलफलसमेत सुरु भइसकेको छ । निर्वाचनको सुरक्षालाई लक्षित गरी भएको नेपाल–भारत सीमावर्ती सुरक्षा बैठकमा नेपाली पक्षले दुई दिनअगावै सीमा नाका बन्द र निर्वाचन सम्पन्न भइसकेको एक दिनपछिसम्म बन्द गर्न नेपाल पक्षले प्रस्ताव राखेको छ ।
भारतीय पक्षले त्यसलाई स्वीकार भने गरिसकेकोे छैन । नेपाल–भारत सीमा क्षेत्रका जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पहलमा दुई देशका सुरक्षा अधिकारीको बैठक बसिरहेको छ । सीमा क्षेत्र बन्द गर्ने विषयमा औपचारिक÷अनौपचारिक छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशका अधिकारीबीच सुरक्षा बैठक राख्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई जिम्मेवारी दिइसकेको छ ।
सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका भारतसँग सीमा जोडिएका तराईका सीमा क्षेत्रमा नेपाली सेना नै तैनाथ गर्ने सरकारको तयारी छ । निर्वाचन सुरक्षाका लागि तराईका जिल्लामा सेनाले गस्तीसमेत सुरु गरिसकेको छ । सशस्त्र प्रहरीले पनि अस्थायी क्याम्प खडा गरिसकेको छ । नेपाल प्रहरीले सुरक्षा लागि सबै तयारी गरिसकेको छ ।
१९ जेठमा उम्मेदवारी मनोनयन हुने र उम्मेदवारहरू घरदैलो कार्यक्रममा जुटिसकेकाले सुरक्षा निकाय सतर्क रहेको गृह मन्त्रालयले जनाएको छ । ‘निर्वाचनका लागि सुरक्षाको व्यवस्था कडा पारिएको छ, जनताले ढुक्क भएर मतदान गर्न पाउनेछन्,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनमा देखिएका कमजोरीलाई समेत ध्यानमा राखेर त्यो गल्ती नदोहोरिने गरी निर्वाचन सुरक्षाको व्यवस्था गरिएको छ ।’
यसअघि नै सरकारले तराईका १३ वटा जिल्लालाई विशेष निगरानीमा राखेको थियो । गृह मन्त्रालयले बनाएको निर्वाचन केन्द्रित सुरक्षा योजनामा पनि तराईका जिल्लामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई थप मद्दतका लागि सेनासमेत खटाउने उल्लेख छ । तराईका कतिपय जिल्लामा मतपेटिका लुटिनसक्ने खतरालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई थप कडाइ बनाइने सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् ।
निर्वाचन सुरक्षाका शिलशिलामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा नेपाल–भारत सीमा सुरक्षाको संयुक्त बैठक बसेको छ । बैठकमा नेपालतर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा भारततर्फबाट बहराइच र श्रावस्तीका डिस्टिक मजिस्टेड र सुरक्षा अधिकारी सहभागी भएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार बैठकमा आसन्न स्थानीय तहको निर्वाचनलाई हुने सुरक्षा चुनौतीविरुद्ध भारतीय पक्षबाट सहयोग र सहकार्य खोजिएको र उनीहरूको तर्फबाट पनि सक्दो सहयोग हुने प्रतिबद्धता आएको छ ।
निर्वाचनका क्रममा खुला सिमानाका कारण सुरक्षा चुनौती बढ्ने भएकाले त्यसलाई दृष्टिगत गरी मतदानको ४८ घण्टाअगाडि नेपाल–भारत सिमाना बन्द गर्ने तयारी गरिएको छ । सिमामा हुने आपराधिक घटना न्यूनीकरण नै मुख्य एजेन्डा भएको बैठकमा लागू पदार्थको अवैध कारोबारदेखि मानवबेचबिखन तथा ओसारपसारका घटना न्यूनीकरणको विषयले पनि प्रवेश पाएको उहाँले बताउभयो ।
दुईदिने बैठकमा बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला अदालत बाँकेका न्यायाधीश तेजनारायण पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्mले, भारत बहराइचका डीएम अजय दीप सिंह र श्रावस्ती जिल्लाका डीएम दीपक मिनालगायत उच्च सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।