मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख २६ । हरेक वर्ष मे ८ तारिक अर्थात् रेडक्रस दिवस, स्वयंमसेवी संस्थाको रुपमा प्रत्येक वर्ष विश्वभर विशिष्ट पहिचान बनाएको रेडक्रसलाई स्थापना गर्ने संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनीले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ।

यसैबीच, दाङमा पनि नेपाल रेडक्रस सोसाइटी दाङको आयोजनामा एक कार्यक्रम गरी मनाएको छ । दाङ शाखाका सभापति नारायण आर्चायको सभापतित्व तथा समाजसेवी देबबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै अञ्चल अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार देबकोटाले विगतमा किन रक्तसञ्चार केन्द्र स्थापना हुन सकेन आफूले त्यस विषयमा अध्ययन गरिरहेको बताए।

 आफ्नो पहिलो प्रथामिकता भनेको रक्तसञ्चार केन्द्र दिगो रुपमा सञ्चालन गर्ने भएको भन्दै श्रावण महिनादेखि केन्द्रलाई सञ्चालनमा ल्याउने गरी आफूले काम गरिरहेको र रेडक्रस लामो समयदेखि यस क्षेत्रमा अनुभव बोकेको संस्था भएकोले आफूले रेडक्रसलाई साथमै लिएर कार्य अगाडि बढाउने बताएका छन्। तर, राप्ती अञ्चल अस्पतालको हाताभित्र दाङ तुलसीपुरका एक समाजसेवी बामदेव उपाध्यायले आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा करिब ६० लाखको लागतमा भूकम्प प्रतिरोधात्मक ब्लड बैंकको निर्माण  गरेको करिब १ वर्षभन्दा बढी भयो तर, अहिलेसम्म रक्त सञ्चार केन्द्र सुरु भएको छैन।

सोही कार्यक्रममा रेडक्रसको अभियानमा सहयोग पुराएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ। रेडक्रस संस्था संसारभरिका १ सय ९० भन्दा बढी देशहरुमा कार्यरत छ। नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु छन्। सम्पूर्ण ७५ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ। अहिले नेपालमा रेडक्रममा ११ लाखभन्दा बढी स्वयंसेवक आवद्ध छन्।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post