शरद रेग्मी,
तुलसीपुर, बैशाख २६ ।
दाङको तुलसीपुरमा सञ्चालन भएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानका क्रममा मंगलबार जिल्लाका पत्रकारहरु हातहातमा झाडु बोकेर सडकमा देखिए । उनीहरु सामाजिक उत्तरदायित्व निर्वाह गर्न र सामाजिक क्षेत्रमा भैरहेको प्रसंसनिय कार्यलाई हातेमालो गर्न सडकमा आएको बताएकका छन् ।
कलमजीवीहरु यसरी हातमा झाडु बोकेर सडक छेउमा रहेको फोहोर समेत संकलन गरेको दृष्य देख्दा घर तथा पसलधनीहरु समेत सरसफाईमा सहभागी भएका थिए, भने आयोजकहरु थप उत्साहित देखिएका थिए । ३८ औं हप्ताको सरसफाई अभियानको नेतृत्व गर्न नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनसहित तुलसीपुर पुगेका दर्जनौं पत्रकारहरु सरसफाईमा सहभागी हुनुभएको थियो । सरसफाई अभियानमा तुलसीपुर क्षेत्रका पत्रकारहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।
सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष प्रियासनले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाको मुख्य आयोजनामा सञ्चालन भइरहेको सरसफाई अभियानले मुलुकभर सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले सरसफाई अभियानको प्रसंसा गर्दै यसलाई निरन्तरता दिन समेत सुझाव दिनुभयो । उहाँले अभियानमा दाङका सबै पत्रकारहरुको महत्वपूर्ण सहभागीता र सहयोग रहने भन्दै सञ्चारकर्मीहरुलाई यसको अनुगमन र खवरदारी गर्न समेत आव्हान गर्नु भएको छ ।
मंगलबार ३८ औं हप्ताको सरसफाई विरेन्द्र चोकदेखि पिपलबोट विपी चोक हँुदै नगरपालिको कार्यालयसम्म पुगी समापन गरिएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । अध्यक्ष रिजालले यो अभियान निरन्तर संचालन हुने भन्दै यसमा सबै नगरवासीको अनिवार्य सहभागीता हुनुपर्ने बताउनु भयो ।
कार्यक्रम समापनको अवसरमा बोल्दै पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदिप गौतमले पत्रकारहरु वजारमा रहेको फोहोर सफा गर्न सडकमा आएको बताउनुभयो । उहाँले फोहोरलाई झाडुले वढाले जस्तै अब देशमा व्याप्त भ्रष्टाचार रोक्न पनि पत्रकारहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले घरभित्रको फोहोर व्यवस्थापन गर्न समेत सबैसँग अनुरोध गर्नुभएको छ ।
कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो । यता तुलसीपुर उपमहानगरपालिकाले निरन्तर घरपसल अगाडि फोहोर गर्ने र अटेरी गर्नेलाई जरिवाना गरेको जनाएको छ । नगरपालिकाका नायव सुव्वा खेमकान्त पाण्डेले फोहोर मैला व्यवस्थापन ऐन २०६८ अनुसार अटेरी गर्ने जो कोहीलाई पनि कारवाही अगाडि बढाइने बताउनुभयो ।