मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख २६ । दाङमा आफ्नै गाउँकी बालिकालाई बलात्कार गरी फरार भएकालाई प्रहरीले सात वर्षपछि पक्राऊ गरेको छ । २०६७ सालमा आफ्नै गाउँकी ११ वर्षिया बालिका बलात्कार गरी फरार भएका तुलसीपुर–३ का रेशम रानालाई पक्राऊ गरिएको ईप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

रानालाई दाङ देउखुरी जिल्ला अदालतले २०६७ असोज १८ गते बलात्कार गरेको प्रमाणित गर्दै चार वर्ष ११ महिना एक दिन जेल सजाय गर्ने फैसला गरेको थियो । अदालतको फैसलापछि राना फरार थिए । उनलाई प्रहरीले बुधबार राति उनकै ससुरालीबाट नियन्त्रणमा लिएको हो । उनको ससुराली र घर एउटै गाऊँ हो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post