काठमाडौं, जेठ १० । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर पदमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी हुनुभएको हो ।
कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत लिएर विजयी हुनुभएको हो । एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३ सय २६ मतको अन्तरले पराजित गर्दै महर्जन मेयर पदमा निर्वाचित हुनुभएको हो ।
ब्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याउनुभएको छ भने तेस्रो स्थानमा रहनुभएका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६ सय ६१ मत पाउनुभयो ।
त्यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्याल विजयी हुनुभयो । उहाँले साझा पार्टीकी उम्मेदवार शोभा शाक्य भन्त्दा ५ हजार ५ सय ७९ मत बढी ल्याएर उपमेयरमा निर्वाचित हुनुभएको हो । सत्यालले १९ हजार ८ सय १९ मत ल्याउनुभएको छ भने शाक्यले १४ हजार २ सय ४० मत ल्याउनुभयो । एमाले–राप्रपाकाका साझारुपमा बन्नुभएका उमपेयरको उम्मेदवार बाबुकाजी थापाले १० हजार ५ सय ४७ मत प्राप्त गर्नुभयो ।