मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, कार्तिक ६ । दाङमा १९ वर्षपछि जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा फूलबारी–६ बखरिया बस्ने ४४ वर्षिय गोपाल केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जबरजस्ती करणी गरेको भनि चम्पा रावतले प्रहरीमा जाहेरी दिएपछि उनी २०५४ साउन १२ गतेदेखि फरार भएका थिए । विशेष सुराकीका आधारमा कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो । पक्राउपछि थप अनुसन्धानका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो 

Abroad Study
«
Next
»
Previous