मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, मंसिर ५ । उत्तर प्रदेशको कानपुरमा आइतबार बिहान करिब तीन बजे पटना(इन्दौर एक्सप्रेसको रेल दुर्घटना हुंदा कम्तीमा ९६ जनाको ज्यान गएको छ।

उक्त रेल इन्दौरबाट पटना गइरहेको थियो। बीबीसी हिन्दीसंग कुरा गर्दै रेलवेका प्रवक्ता अनिल सक्सेनाले भने, “कानपुरको पुखरायां स्टेशनमा इन्दौर(पटना एक्सप्रेस १९३२१ को १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको छ”।

कानपुरका प्रहरी अधिकारीहरुले उक्त रेल पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन्। उनीहरुका अनुसार, डिब्बाहरु काटेर त्यहां फसेका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा अन्य २ सय जना घाइते भएको बताइएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धार कार्य जारी रहेको बताए। उनले आफ्नो ट्वीटमा लेखेका छन्, “यो दुर्भाग्यपूर्ण घटनासंग जुझ्नका लागि राहत र उद्धार कार्य जारी छ। चिकित्सक तथा अन्य सहयोगी टोली दुर्घटनास्थलमा खटाइएको छ”।
गृहमन्त्री राजनाथ सिंहले पनि घटनाप्रति दुस्ख व्यक्त गर्दै विपदका बेला खटिने सुरक्षा अंग एनडीआरएफको विशेष टोली दुर्घटनास्थल पठाउन आफूले निर्देशन दिएको बताएका छन्।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post