तुलसीपुर, मंसिर ५ । सिकाई केन्द्र सहजीकरण पुनर्ताजकी ३ दिने तालिम आजदेखि तुलसीपुरमा सुरु भएको छ । खाद्यान्न वन विकासका लागि फिनिस एग्री एजेन्सीको सहयोगमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको आयोजनामा तालिम सुरु भएको हो ।
तालिम अवधिभर विगतमा सञ्चालन गरिएका सिकाई केन्द्रहरुको सञ्चालन विधि, उठान गरिएका सवालहरु र सोको कार्यान्वयनमा बारेमा समिक्षा गरिने छ । त्यसैगरी सिकाइ केन्द्रका हालसम्मको उपलब्धी, सिकाई केन्द्र र सामुदायिक वन समूह बीचको समन्वयकारी भूमिका, आगामी दिनमा गरिने कार्ययोजना, प्राथमिकरणलगायतका विषयमा पनि छलफल हुने छ ।
तुलसीपुर क्षेत्रमा रहेका ९ वटा सामुदायिक वन समूहमा सञ्चालन भएको सामुदायिक सिकाई तथा कार्य केन्द्रका सजकर्ता र वन समूहका प्रतिनिधि सहित २८ जनाको सहभागीता रहेको छ । तालिमको मुख्य प्रशिक्षकमा वनकर्मी छोटीलाल चौधरी रहनुभएको छ ।