मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, मंसिर ५ । त्रिपुर नगरपालिकाले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । दिवस समारोह मूल समितिको बैठकले उपसमितिहरु गठन गरेको हो ।

मुल समिति संयोजक एवं नगरपालिका कार्यकारी अधिकृत कमानसिंह थापा मगरको अध्यक्षतामा बसेको बैठकले उपसमितिहरु गठन गरेको हो । स्थापना दिवसमा आयोजना गरिने मैत्रीपूर्ण फुटबल प्रतियोगीता, झाँकी जुलुस, सरसफाई एवं सम्मान कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि उपसमिति गठन गरिएको हो । आइतबारको बैठकले स्थापना दिवसका लागि सम्मान छनोट समिति गठन गरिएको छ ।

जसको संयोजकमा पद्मप्रसाद शर्मा र सदस्यहरुमा आर.के.शीतल, राधा केसी, विमला घर्ती मगर र स्वास्थ्य चौकी नारायणपुर रहेका छन् । यस्तै मैत्रीपूर्ण फुटबलका लागि शिव श्रेष्ठको संयोजकत्वमा करिता देवकोटा रहनुभएको छ । यस्तै धु्रवकुमार बाठाको संयोजकत्वमा चन्द्रप्रसाद चौधरी र रुक्मिना न्यौपाने सदस्य रहेको झाँकी जुलुस व्यवस्थापन उपसमिति गठन गरिएको छ, भने उद्योग वाणीज्य संघ, खानेपानी नारायणपुर रहेको सरसफाई व्यवस्थापन समिति गठन गरिएको छ ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, पैरवी मञ्च त्रिपुरका अध्यक्ष सरिता देवकोटा, राष्ट्रिय जनमार्चाका चन्द्रप्रसाद रावतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाका कार्यक्रम अधिकृत विपना वर्ताैलाले गर्नुभएको थियो । नगरपालिकाले मंसिर १६ गते दोस्रो स्थापना दिवस मनाउँदै छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post