मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओपेन्द्र बस्नेत,
दाङ, कार्तिक २८ । नेकपा (माओवादी)ले आयोजना गरेको नेपाल बन्दले राप्तीको जनजिवन कष्टकर वनेको छ । बन्दका कारण यातायात, कलकारखाना, बजार लगायत सबै क्षेत्र पूर्ण रूपमा बन्द छ ।

अघिपछि मानिस र सवारीसाधनको कोलाहाल हुने शहर बजार आइतवार दिनभर सुनसान वनेका छन् । वन्दले दाङ सहित सल्यान, रोल्पा र प्युठान पुर्ण रुपमाा वन्द भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । वन्दले दाङका प्रमुखशहरहरु तुलसीपुर, घोराही, लमही, भालुबाङ, नारायणपुर, हापुरे लगाएतका बजारहरु दिनभर पूर्णरुपमा वन्द हुँदा नागरिकको जनजिवन कष्ठकर वनेको छ ।

एक दिने नेपाल वन्दको प्रभाव राप्तीमा परे पनि सुरक्षाको दृष्टिकोनले कुनै घटना नघटेको अंचलप्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलबहादुर कार्कीले बताए ।  रुकुममा भने वन्दको प्रभाव नपरेको बताइएको छ । डिग्रेसाइकुमारीको मेला लाग्ने भएकाले जिल्लामा गाडि सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए ।

जिल्ला वाहिरिने सवारीसाधन भने संचालनमा नआएको उनले बताए । कालोवजारी, महङ्गीका विरुद्ध तथा खाद्य सम्प्रभुता सुनिश्चित गर्न माग गर्दै एक दिने नेपाल वन्द गरेको माओवादीले दाङमा वन्द शान्ति पूर्ण रहेको माओवदी सेक्रटरी बलबहादुर वली सीतलले बताए ।




Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post