टीका बस्नेत,
दाङ, मंसिर ६ । सामाजिक सञ्जालको गलत प्रयोग भई विभिन्न साइवर अपराधका घटना बाहिर आइरहँदा दाङमा भने सहयोग संकलनको गतिलो माध्यमका रुपमा यसलाई लिने गरिएको छ । रकमको अभावमा मृत्यु कुरिरहेका बिरामीको उपचार खर्च जुटाउन मात्र नभई बेसाहाराहरुको आवास जुटाउन समेत सामाजिक सञ्जाल प्रयोगमा आइरहेको छ ।
जिल्लाका सञ्चारकर्मी एवं अगुवाहरुको पहलमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमार्फत् सहयोग संकलन अभियान थालिने र यसबाट ५० हजारदेखि ४६ लाखसम्म सहयोग संकलन भएको तथ्याङ्क भेटिन्छ । विगत चारवर्ष यता सामाजिक सञ्जालकै सहयोगमा आधा दर्जन बिरामीको उपचारगरिनुका साथै यही संख्यामा असहायहरुका लागि सहयोग संकलन गरिएको छ ।
दुई छोराको मृत्यु कुरेर बसेको दाङ हासिपुरको सिञ्जाली परिवारमा खुसी फर्काउने मात्र नभई रामपुरका असहाय बृद्ध दलित दम्पत्तीहरुको आवास निर्माण कार्यमा सामाजिक सञ्जाललाई नै प्रयोग गरिएको छ । बिरामी दुई छोराको नेपालमा उपचार सम्भव नभएको र ३० लाख बढी रकम जम्मा गरी भारत लैजान डाक्टरहरुले सुझाएपछि छोराहरुको मृत्यु कुरेर बसेकी हीमा सिञ्जालीको दर्दनाक शब्द तस्वीर सार्वजनिक भएपछि ४६ लाख बढी रकम संकलन भएको थियो ।
हिमा सिञ्जालीको नाममा कृषि विकास बैंकमा रहेको ०९१९४००७५३२४८०१८ नम्वरको खातामा रकम जम्मा गरिदिन अनुरोधसहितको शब्द तस्वीर पत्रकार नरेन्द्र केसी र उदय जिएमले सार्वजनिक गरेपछि जिब्रोमा लिम्फोजेमा भएका बसन्त सिञ्जाली र मुटुमा प्वाँल परेका समिर सिञ्जालीको सफल उपचार भएको थियो । हाल दुवै बालकहरु घोराही–४ स्थित निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । ‘ऋण साहु गरी जम्मा गरेको डेढ लाख सकिएपछि हैरानीमा रहेको समयमा दाताहरुबाट प्राप्त रकमले उपचार गरेका थियौं’, मामा अमर बुढाले भन्नुभयो, ‘उपचार कोषमा देश विदेशबाट गरी ४६ लाख संकलन भएको थियो । काठमाडौंको ग्राण्डी अस्पतालमा दुई भाञ्जाको उपचार गरेका थियौं । हाल दुवै भाञ्जाहरु घोराहीमा पढ्छन् ।’
मनकारी दाताहरुले आफ्नो परिवारमा खुसी ल्याइदिएको भन्दै बुढाले उपचार कोषमा जम्मा भएको रकमबाट भाञ्जाहरुले पढिरहेको बताउनुहुन्छ । बचेको रकम मुद्दती खातामा जम्मा गरेको भन्दै उहाँले भन्नुभयो, ‘दाङको दुर्गम हासिपुरबाट हाल उनीहरुलाई घोराही–४ मा ल्याएर राखिदिएको छु । यही रहेर उनीहरुले पढिरहेका छन् । हाम्रो परिवारमा खुसी भिœयाइदिने सहयोगी दाताहरुप्रति कृतज्ञ छौं ।’
घोराही–११ खिमबहादुर बस्नेतको उपचारमा पनि सामाजिक सञ्जालकै प्रयोग गरिएको थियो । शान्ति सुधा स्कूलको कक्षा १० मा अध्ययनरत बस्नेतलाई बोनम्यारो भएपछि उनको उपचारका लागि सहयोग संकलन अभियान थालिएको थियो । विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलले थालेको अभियानमा अपेक्षित रकम संकलन नभएपछि पत्रकार डिल्ली मल्लले सामाजिक सञ्जालमा अभियान थाल्नुभएको थियो । जसबाट २ लाख ५० हजार रकम जम्मा भएको थियो । यही रकमबाट उपचार गरी हाल बस्नेतले आफ्नो अध्ययनलाई अगाडि बढाइरहनुभएको छ ।
त्यस्तै रुकुम चोखावाङ–१ की कमला वलीको उपचारका लागि पनि सामाजिक सञ्जालनै सहयोगी बनेको छ । आन्द्रामा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी वलीको उपचारका लागि २ लाख ५० हजार सहयोग संकलन भएको पत्रकार नरेन्द्र केसीले जानकारी दिनुभयो । वलीको उपचारमा ३ लाख खर्च भएको भन्दै पत्रकार केसीले वली हाल सकुसल रहेको बताउनुभयो ।
पत्रकार केसीले अहिले पनि उही अभियानमा हुनुहुन्छ । मृगौलामा समस्या देखिएका चौखावाङ–९ रुकुमका प्रविण केसीको उपचारका लागि अभियान सञ्चालन गरिरहनुभएका केसीले हालसम्म ३ लाख संकलन भएको जानकारी दिनुभयो । ‘मृगौलापीडित २७ वर्षे प्रविण केसीको उपचारमा ७ लाख खर्च लाग्ने अस्पतालबाट जानकारी आएपछि त्यही सहयोग संकलन अभियान थालिएको छ । सरकारबाट ३ लाख सहयोग पाउने आश्वासन आएकाले ४ लाख संकलन गर्ने लक्ष्य रहेको छ’, पत्रकार केसीले भन्नुभयो, ‘१ लाख परिवार र नजिकका आफन्तहरुबाट संकलन भएको हो, बाँकी २ लाख सामाजिक सञ्जालको सहयोगमा संकलन भएको छ । अभियान जारी छ, अब १ लाख संकलन गर्ने लक्ष्य रहेको छ ।’ बितेको चारवर्षमा दाङमा जिल्लाको राजपुरका पत्रकार छत्र परियारको उपचारका लागि २ लाख बढी संकलन भएको थियो । आन्द्रामा क्यान्सर भएका परियारको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।
बिरामीको उपचारका लागि मात्र नभई असहायलाई सहायता दिने कार्यमा समेत सामाजिक सञ्जाल सहयोगी बनेको छ । जन्मदिनको अवसरमा खाद्यान्न वितरण गर्न पुग्नुभएका विद्यार्थी नेता प्रकाश शाहीले ८३ वर्षिय नमबहादुर विक र ८० वर्षिया आइती बिकको दर्दनाक तस्वीर सहित बृद्ध दलित दम्पत्तीको आवास निर्माण गर्ने घोषणा सामाजिक सञ्जालमा गर्नुभएको थियो । त्यही घोषणाले रामपुर–२ वालिम खोलाका बृद्ध दम्पत्तीले हाल सुरक्षित आवास पाउनुभएको छ । सामाजिक सञ्जालको सहयोगमा ६ लाख ६ हजार संकलन भएको भन्दै शाहीले ५ लाख ७६ हजारमा दुई कोठे पक्की भवनका साथै ट्वाइलेट वाथरुम निर्माण गरिएको र बाँकी ३२ हजार उनीहरुको खातामा जम्मा गरिदिएको जानकारी दिनुभयो ।
अभियान रोकिएको छैन । एक्लैले एकवर्षमा २ किलोमिटर सडक निर्माण गर्ने तुलसीपुर–१ का चन्द्रवीर ओलीको परिवारमा पनि सहयोगको ओइरो लागिरहेको छ । श्रीमतिसहित ६ सन्तान दृष्ट्रिविहीन भएकाले उनीहरुलाई हिड्न सजिलो होओस् भनेर सडक निर्माण गरेको बताउने ओलीको अभिव्यक्ति र तस्वीर पत्रकार बस्नेतले सार्वजनिक गरेपछि ओली परिवारले हालसम्म १ लाख ५० हजार बढी सहयोग प्राप्त गरेको छ । सहयोग जुट्नेक्रम जारी छ ।
यी त उदाहरण मात्रै हुन् । समस्यामा परेका व्यक्तिहरुको सहयोगका लागि दाङमा अभियान चलिरहेका हुन्छन् र सहयोगी दाताहरुको सहयोग आइरहेको हुन्छ ।