मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  कात्तिक ६ । भारत कानपुरमा हिजो भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
मृतक तथा घाइतेको हेरचाह गरिरहेका सरकारी डाक्टर राकेश यादवले १३३ मानिसको मृत्यु भएको पुष्टि गरेका हुन् ।

दुर्घटना पटना–इन्डोर इन्टरसिटी रेलका १४ डिब्बा लिक बाट बाहिरिएका थिए । रेल इन्डोरबाट पटना जाँदै थियो । बिहान ३ बजे पोखरामा दुर्घटना भएको थियो । दुर्घटनाका कारण रेलका ४ स्लीपर डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । अझै उक्त डिब्बाहरुका मानिसहरु फसेको आशंका गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सेनाले रतमा राहत तथा बचाव जारी राखेको छ । यसकालागि सेनाका ९० उद्धारकर्मी तथा ५० सदस्यको मेडिकल टीम पठाइएको छ जसमा पाँच डाक्टर रहेका छन् । रेल राज्यमन्त्री मनोज सिन्हाले दुर्घटना रेलको लिक विग्रिएका कारण भएको हुनसक्ने अनुमान गरेका छन् । उनले दुर्घटनाको कारणबारे अध्ययन गर्ने र दोषि माथि कडा कारबाही गर्ने जनाए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख तथा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post